शान्ति फाउण्डेशनको शिविरबाट एक हजार लाभान्वित   



Download our app to get more features

 रामेछाप,२ जेठ । रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका थापागाँउमा भएको निःशुल्क स्वास्थ्य शिविरबाट एक हजारले सेवा लिएका छन् । शान्ति फाउण्डेशन र दोरम्बा गाउँपालिका रामेछापको संयुक्त आयोजनामा वडा नं ७ थापागाउँमा दुई दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविर बैशाख ३१ र जेठ १ गते सञ्चालन भएको हो । शिविरमा नेपाल परिवार नियोजन संघ काभे्र र दृष्टि आँखा केन्द्र  कंलकीको प्राविधिक समन्वयन तथा डाईरेक्ट रिलिफको आर्थिक सहयोगमा उक्त शिविर सम्पन्न भएको हो ।   

शिविरमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर हुनुपुर्बको अवस्थाको परिक्षण गरिएको हो । चार सय  महिला मध्ये १० जनामा  पाठेघर मुखको क्यानसका बिरामी भेटिएको फाउडेसनले जनाएको छ । आङ खस्ने समस्या भएका १६ जना बिरामीलाई रिङ राखिएको थियो भने  चार सय जनाको एच.आई.भि. परिक्षण  गरिएको हो । साथै तीन सय जना महिलाको यौन रोगको उपचार गरिएको थियो । त्यसैगरी परिवार नियोजन सम्बन्धि महिला पुरुषको बन्ध्याकरण गरिएको छ ।

आँखा परिक्षण ६ सय २० जना बालबालिकाले सेवा लिएका छन् । जसमा तीन सय ९ जना बालबालिकाहरुको आँखा उपचार गरिएको छ र ३६ जनामा मोति विन्दुको समस्या देखिएको छ । साथै एक सय ७० जना बालबालिलाई चस्मा  वितरण गरिएको हो ।  

शिविरमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर हुनुपुर्बको अवस्थाको परिक्षण, आङखस्ने समस्याको परिक्षण र उपचार, योनरोगको परिक्षण तथा उपचार र एच.आई.भि.को परिक्षण तथा नजिकैको ART center सम्मपुर्याउने लगायतका सेवाहरु दिईएको शान्ति फाउण्डेशन संस्थाको अध्यक्ष सन्जमाया तामाङले बताइन्  । शिविरमा स्थानियबासीको सहभागिता उल्लेखनिय रहेको थियो ।  

शिविर टोलिमा शान्ति फाउण्डेशनका अध्यक्ष सन्जमाया तामाङ , दोरम्बा गाउँपालिकाका अध्यक्ष कमनसिङ मोक्ताङ लगायतका व्यतिmत्वहरुको उपस्थिति रहेको थियो ।

Last modified on 2019-05-17 07:52:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts