महिनावारी भएको समयमा के गर्ने, के नगर्ने ?



Download our app to get more features

काठमाडौं, ४ जेठ । महिनावारी भएको समयमा कतिपय महिलाहरु सामान्य सोचेर सरसफाईमा ध्यान दिदैनन् । जसले गर्दा यौन अंगमा लाग्ने विभिन्न रोगका संक्रमण फैलिन्छ । 
समान्य कुरामा ध्यान नदिंदा दिर्घकालीन यौन रोग, बाझोपनासमेत देखापर्छ ।यसकारण  महिनावारीका समयमा सरसफाईको अति नै आवश्यक हुने चिकित्सकहरु बताउँछन् ।

महिनावार भएको समयमा के गर्ने के नगर्ने ?
महिनावारी भएको बेलामा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्छ । सकेसम्म दिनुहुँ नुहाउनु पर्छ ।

सफा र नरम सुतिको कपडा वा सेनिटरी प्याड प्रयोग गर्नु पर्छ र समयसमयमा फेरिरहनु पर्छ । 

प्रयोग गरेको सेनिटरी प्याडलाई फेरी प्रयोग गर्नु हुँदैन । यसलाई फोहोर फाल्ने निश्चित ठाउँमा मात्रै फाल्नुपर्छ ।

प्रयोग गरेका कपडालाई राम्ररी साबुन पानीले धोएर घाममा सुकाउनुपर्छ ।

महिनावारी एक प्राकृतिक प्रकृया भएकोले महिनावारी भएको समयमा अलग्गै राख्न पर्दैन ।

अलग्गै राख्दा अशुरक्षित हुने भएकोले त्यसबाट बचाउन महिला तथा

किशोरीहरुलाई महिनावारी भएको बेलामा पनि परिवारसँगै राख्नुपर्छ र परिवारका सदस्यहरुले विषेश ध्यान दिनु पर्दछ । 

महिनावारी भएको समयमा व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिंदा यौन अंगमा लाग्ने विभिन्न रोगका संक्रमणबाट बच्न सकिन्छ 

Last modified on 2019-05-18 19:16:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts