जिब्रो फोहोर हुँदा पनि गनाउँछ सास, यसरी गर्नुहोस् जिब्रोको सफाई 



Download our app to get more features

मुखको सफाई भन्नासाथै दाँत र गिजाको सफाई होला भन्ने धेरैको बुझाइ छ । तर, मुखको सफाई त्यतिमा मात्रै सिमित छैन । मुखमै रहेको जिब्रोको सफाई पनि यसै अन्तर्गत पर्छ । यसकारण मुखको सफाई गर्दा जिब्रोको सफाई गर्न भुल्नु हुँदैन । जिब्रोको सफाई नगर्दा सासबाट निस्कने दुर्गन्ध यसैमा जम्ने गर्छ । जिब्रोमा जमेको सो दुर्गन्ध हटाउन पनि दैनिक रुपमा जिब्रो सफा गर्न आवश्यक छ । चिकित्सकहरुले जिब्रो सफा गर्दा निम्न शैली अपनाउन सुझाव दिएका छन् ।

तातो पानी र नुन
जिब्रोमा फोहोर जमेका कारण कतिपय अवस्थामा डिहाइड्रेसनको समस्या पनि हुन सक्छ । यदि तातो पानी र नुनले जिब्रोको नियमित सफाई गर्ने हो भने यो समस्या नआउन सक्छ । आधा गिलास पानीमा आधा चम्चा नुन राखेर दिनमा ५–६ पटक कुल्ला गर्ने हो भने सफा हुन्छ । यो कार्य खाना खाएपछि गर्न चिकित्सकहरुको सुझाव छ ।   

दही सेवन
दहीमा प्रो–बायोटिक तत्व हुन्छ । जसले जिब्रोमा जम्ने फोहोर, सेतो पत्र र दुर्गन्धलाई नष्ट गरिदिन्छ ।

टुथब्रस
दाँत माझ्ने ब्रसले पनि जिब्रो सफ ागर्न सकिन्छ । बजारमा पाइने कतिपय ब्रसमा जिब्रो सफा गर्ने भाग पनि हुन्छ । ब्रसको पछिल्लो भागमा भएको सो भागले जिब्रोलाई हल्कासँग सफागर्न सकिन्छ ।

नुन
जिब्रोमा हल्लकासँग नुन छर्केर ब्रशको सहायताले केही मिनेट रगड्दा पनि जिब्रो सफा हुन्छ । यसरी रगडेर मनतातो पानीले कुल्ला गर्ने हो भने पनि जिब्रो सफा हुन्छ । 

बेसार 
हुन त बेसार खानामा प्रयोग गर्ने चलन छ । तर यसको प्रयोग जिब्रो सफा गर्दा पनि प्रयोग गर्न सकिन्छ । बेसारमा कागतीको रस मिसाएर जिब्रोमा लगाउने र मनतातो पानीले कुल्ला गर्ने हो भने केही समयमै जिब्रो सफा हुन्छ ।

माउथवाश
जिब्रो सफा गर्ने समान बजारमा पनि पाइन्छ । बजारमा पाइने माउथवाशले पनि मुख र जिब्रोको सफाई गर्न सकिन्छ । नियमित रुपमा माउथवाशको प्रयोग गरे जिब्रो सफा हुन्छ र विभिन्न रोगहरुबाट बच्न सकिन्छ ।

एजेन्सीको सहयोगमा 

Last modified on 2019-05-19 13:43:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts