काठमाडौं न्युरो तथा जनरल अस्पतालको निशुल्क स्वास्थ्य शिविरबाट दुई सय जना लाभान्वित



Download our app to get more features

काठमाडौं, ५ जेठ । सुन्धारामा रहेको काठमाडौं न्युरो तथा जनरल अस्पतालको निशुल्क स्वास्थ्य शिविरबाट दुई सय जना लाभान्वित भएका छन् । अरनिको सेकेण्डरी स्कुलमा भएको शिविरमा स्कुलका सबै विद्यार्थिहरु स्वास्थ्य परिक्षण गरिएको हो ।

विद्यार्थिहरुले आफ्नै देशका डाक्टरहरुबाट स्वास्थ्य परिक्षण गर्न पाएकोमा खुसी हुदैं सकारात्मक प्रतिक्रिया दिएका छन् । अस्पतालले शिविरको माध्यमबाट स्वास्थ्य सम्बन्धि जनचेतना फैलाउदैं आएको छ ।

विद्यालय र निजि अस्पताल मिलेर विभिन्न रोगहरुको बारेमा जनचेतना फैलाउन सकेको खण्डमा रोग लाग्नबाट बच्न सकिने अस्पतालका बाल रोग विशेषज्ञ डा. दिनेश प्रसाद कोइरालाले बताए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts