फुड पोइजनिंग भनेको के हो ? कसरी जोगिने ?



Download our app to get more features

फुड पोइजनिंग भन्नाले खानामा जीवाणुको संक्रमण वा त्यसले उत्पन्न गरेको विषाक्त(टकसिन) को उपभोग गर्दा बिरामी पर्नुलाई बुझिन्छ ।

सामान्यतः यो ब्याक्टेरिया, भाइरस, प्रोटोजोवा, परजीवी वा त्यसबाट उत्पादीत विषाक्तलाई बुझ्न सकिन्छ । जीवाणु हाम्रो शरीरमा प्रवेश गरेको केहि घण्टा देखि नै लक्षणहरु देखा पर्न सक्छ । फुड पोइजनिंग भएपछी धेरैमा लक्षणहरु देखा नपर्न पनि सक्छ ।

वाकवाक लाग्ने, बान्ता हुने र पखाला फूड पोइजनिंगको प्रमुख लक्षण हुन् । लक्षणहरु सामान्य अवस्थामा भए औषधिको आवश्यक्ता पर्दैन । तर कसैकसैमा रोग कडा प्रकृतिको भए अस्पताल भर्ना गरी उपचार गर्नुपर्छ । गर्मी बढ्दै जाँदा शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल लगायत शहरका बिभिन्न अरु अस्पतालहरुमा पनि फुड पोइजनिंगको कारणले भर्ना हुने क्रम बढेको देखिन्छ । 
लक्षणहरुः

१. वाकवाक लाग्ने 

२. बान्ता हुने 

३. पानी जस्तो पखाला जाने

४. मांशपेशिका बाँउडिने ५. ज्वरो पनि हुनसक्दछ

यी माथिका लक्षणहरु कडा नभएमा घरेलु उपचार गरेर बस्न सकिन्छ । 

तर यी निम्न लक्षणहरु देखिए तुरुन्त स्वास्थकर्मीसंग सम्पर्क गर्नु पर्दछ ।

१. तारन्तार बान्ता हुने र पुनर्जलीय झोल खान नसक्ने अवस्थामा 

२. पखालामा रगत देखा पर्नु

३. पखालाको मात्रा बढ्दै जानु ( २४ घन्टामा ३ पटक भन्दा बढी)

४. ज्वरो १ सय १ फरेनहाइटभन्दा बढी भएमा

५. कडा जलबियोजन भएमा मुख सुक्खा हुनु, अत्याधिक तिर्खा लाग्नु, आलस्य वा चेतना कम हुँदै जानु, तरल पदार्थ पिउन नसक्नु, पिसाब कम हुनु, शरीर चिसो हुनु, ब्लडप्रेसर कम हुनु र नाडीको चाल छिटो छिटो हुनु आदि ।

६. दृष्टि कम हुँदै जाने, मांशपेशिका बौडीनु आदि ।


कुन जीवाणुको मुख्य कारक हो ?

ब्याक्टेरियाः

१. शाल्मोनेला 

२. शिगेला

३. ईकोलाई

४.भिब्रियो

भाइरसः

१. रोटाभाइरस

२.नोरोभाइरस

प्रोटोजोवा

१. ई. हिस्टोलाईटिका

२.जीआरजीअरसीस

३.कृपटोस्पोरिअसिस   

के गर्नु पर्ला ?

फुड पोइजनिंग खानासँग सम्बन्धित भएकोले खाना राम्रोसँग पकाउने, पकाए पछि धेरै समय नराख्ने, संक्रमित व्यक्तिले खानेकुरा सकेसम्म पकाउने वा पक्सिने नगर्ने र घर बाहिर खाना खाने भए खाना स्वस्थकर छ छैन बुझेर मात्रा खाना खादा फुड पोइजनिंगबाट सहजै बच्न सकिने छ ।

Last modified on 2019-05-22 07:14:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts