काफल : कफदेखि पेटको क्यान्सरसम्मका लागि लाभदायक



Download our app to get more features

काठमाडौं । काफल नेपालीको स्वादमा मात्र होइन, गीत संगीतमा समेत बसेको छ । आयुर्वेदमा यसलाई काठ फल पनि भनिन्छ । समुद्र सतहदेखिको ८००- २१०० मिटर उचाइमा पाइने यो अत्यन्त स्वादिष्ट फल हो । 

आयुर्वेदमा यसको एन्टी- आज्माटिक र ब्रोक्काइटिस प्रभाव रहेको बताइन्छ । वैज्ञानिक अध्ययनले पनि यसलाई पुष्टि गरेको छ । काफलको बोक्रामा पाइने एन्टीसेप्टिक कफ र ज्वरो नियन्त्रणमा लाभदायिक मानिन्छ । यसमा एन्टी एलर्जिक गुण रहेको एक अध्ययनले देखाएको छ  । हेर्दा रास्बेली जस्तो देखिने काफल पोलिफेनल, एन्टी अक्सिडेन्टको धनी फल हो । यसको बोक्रा पेटको क्यान्सर, ज्वरो, रक्तअल्पता, मुख सम्बन्धि रोग, कफ आदि समस्याको निदानमा  लाभदायिक हुने बताइएको छ । 

पश्चिमि मुलुकहरुमा बेरीहरु जस्तै ब्लुबेरी, रास्वेरीको स्वास्थ्यलाभ बारे धेरै वैज्ञानिक अध्ययन, अनुसन्धान हुदै छन् । नेपाली जगंलमा फल्ने काफलको औषधिय गुणबारे अझ बढि वैज्ञानिक अध्ययन जरुरी छ । 

व्यवसायिक खेती गरी काफलको फल बजारमा सर्वसुलभ गराउन सके देशको अर्थतन्त्र र जनताको स्वास्थ्य दुबै सबल हुन सक्छ । 

(जीवनकुमार प्रसाईको पुस्तक वरिपरि नै सर्वाेपरिबाट) 

Last modified on 2019-05-22 15:00:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts