गर्मीमा मसाज गराउन चाहनुहुन्छ ? यस्ता छन् फाइदा...



Download our app to get more features

बढ्दो तापक्रमले अहिले प्रायः मानिसको जीविकालाई बेहाल बनाइदिएको छ । आकाशबाट सूर्यको तापले गर्दा मानिसहरु परेशान बनेका छन् । घाम, गर्मी, पसीनाले तपाईंलाई मानसिक र शारीरिक रुपले चाँडै थकानको महसुस हुन थाल्छ । यस अवस्थामा तपाईंले सानो सानो पनि काम गर्दा चाँडै थाकेको अनुभव हुन थाल्छ । यस अवस्थामा आवश्यक हुन्छ कि तपाईंले आफ्नो शरीरलाई आराम दिनुपर्छ । जसका लागि बडि मसाज निकै नै फाइदाजनक हुन्छ । 

गर्मीको मौसममा तपाईं अन्य समयको भन्दा बढि व्यस्त रहनुहुन्छ । बच्चाहरुको छुट्टि, उनीहरुसँग समय विताउनु, खेल्नु, घरको काम, नातेदारसँगको भेटघाले तपाईंलाई झन बढि थकान महसुस हुन सक्छ । यस्तो समयमा आफ्नो लागि समय निकाल्नु आवश्यक हुन्छ । यो सब कुराबाट राहत पाउनकालागि सबैभन्दा बेसट हो मसाज । मसाज गराउनाले तपाईंको शरीरको सबै समस्या कम हुन जान्छ र तपाईं सँधै आफूलाई तरोताजा महसुस गर्न सक्नुहुन्छ । 

शरीर बाउडिने समस्यामा राहत 
गर्मीको समय मानिस आफूलाई क्रियाशिल राख्न मन पराउँछन् । यो समयमा बगैँचामा काम गर्ने, खेल्ने, स्विमिंग गर्ने जस्ता क्रियाकलाप गर्न रुचाउछन् । जसले गर्दा कुनै कुनै समय शरीरको कुनै कुनै भागमा मांसपेशी बाउडिने समस्या उत्पन्न सक्छ । यस अवस्थामा मसाज फाइदाजनक हुन सक्छ । मसाजले मांसपेशी दुखाईमा राहत हुनुका साथै मांसपेशी बाउडिने समस्या पनि कम भएर जान्छ । 

शरीर सुन्निने समस्यामा राहत  
गर्मीका कारण कतिपय अवस्थामा तपाईंको शरीरको विभिन्न भागमा सुन्निने समस्या आउन सक्छ । विशेषगरी हातका औंला, अनुहार र खुट्टामा यो समस्या देखिन सक्छ । मसाजबाट तपाईंको शरीरमा रगतको बहाव बढ्छ जसले सुन्निने समस्या हटाउने काम गर्छ र तपाईं सहज महसुस गर्न सक्नुहुन्छ ।
 
तनावबाट राख्छ टाढा 
गर्मी मौसममा यसैपनि मन आत्तिने र तनाव हुने गरेको पाइन्छ । पिकनिक, ट्रिप, पार्टी, नातेदारहरुसँग भेटघाट, अफिसको काम जस्ता कुराले पनि तनाव बढाउन सक्छ । त्यसकारण मसाजबाट तनावलाई कम गर्न सकिन्छ । मसाजले शरीरमा एन्डोरफिन र डोपामाइन हार्मोन उत्पन्न गराउँछ जसले तपाईंलाई राम्रो अनुभव हुन सक्छ । मसाजपछि तपाईं राम्रो अनुभव गर्नुहुन्छ र राम्रो सोच्न सक्नुहुन्छ । जसले तपाईं जे पनि गर्नुहुन्छ त्यो राम्रो हुन्छ । 

रोग प्रतिरक्षा प्रणाली बनाउँछ बलियो 
गर्मीमा नियमित मसाज गर्नाको सबैभन्दा ठूलो फाइदा यो की यसले तपाईंको शरीरको रोग प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ । गर्मीको मस्तीमा रोगबाट कोहि पनि गस्त हुन चाहँदैन त्यसकारण शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाईराख्न मसाज आवश्यक छ ।

 

(इन्टरनेशनल जर्नल अफ न्यूरो साइन्समा प्रकाशित)

Last modified on 2019-05-22 15:00:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts