एचआईभी: सयौँ पाकिस्तानी बालबालिकामा भेटियो एड्स रोग लगाउने भाइरस


Download our app to get more features
Spark_health_home Birat Hospital NHEICC

काठमाडौं, ८ जेठ । दक्षिणी पाकिस्तानको सानो सहर रात्तो देरोमा एउटा अस्वाभाविक परिस्थितिको लक्षण सर्वप्रथम फेब्रुअरी महिनामा देखा र्पयो।आफ्ना बच्चालाई ज्वरो निको नभएको भन्दै केही अभिभावकहरू चिकित्सकलाई गुहार्न पुगेका थिए।

केही हप्तामै अरू बालबालिकामा पनि उस्तै समस्या देखा र्पयो। छक्क परेर डा. इमरान आरबानीले ती बालबालिकाको रगत जाँच्न पठाए । रक्तपरीक्षणको परिणामले उनको शङ्का पुष्टि भयो । ती बालबालिकामा एचआईभीको सङ्क्रमण भएको थियो। कसैलाई त्यो कसरी भयो भन्ने थाहा थिएन।

vayoda

bp_ad

स्थानीय अस्पतालमा कार्यरत ती चिकित्सकका अनुसार अभिभावकमा एचआईभी नभए पनि एप्रिल २४ भित्र १५ बालबालिकामा सो भाइरस भएको पुष्टि भयो।
 

समस्या कति गम्भीर?

र, यो सङ्ख्या एउटा विकराल समस्याको सानो झल्को मात्र थियो। एचआईभी फैलिएको हल्ला चलेपछि रात्तो देरोको अस्पतालमा सिन्ध प्रदेशको सरकारले गत महिना एउटा स्वास्थ्य शिविर स्थापना र्गयो। त्यहाँ रक्तपरीक्षण गराउँदा ७५ प्रतिशत बालबालिकसहित ६०७ भन्दा बढी व्यक्तिमा एचआईभी भएको पुष्टि भयो।

केही वर्षयता सो क्षेत्रमा एचआईभी फैलिएको पहिलो पटक भने हैन।
सिन्धको लार्कानामा सन् २०१६ मा सो भाइरसको सङ्क्रमण फैलिएको हल्ला चलेपछि हजारौँ मानिसको रक्तपरीक्षण गरिएको थियो। रात्तो देरो पनि लर्कानामा पर्छ।सिन्ध एड्स नियन्त्रण कार्यक्रमका अनुसार त्यतिबेला १५ भन्दा बढी व्यक्तिमा एचआईभी भएको पुष्टि भएको थियो।

सङ्क्रमण भएका अधिकांश व्यक्ति पुरुष थिए र तिनको सम्बन्ध ल्ऽिङ्ग परिवर्तन गरेका स्थानीय यौनकर्मीहरूसँग थियो। त्यस्ता यौनकर्मीमध्ये ३२ जनामा एड्सको भाइरस पाइएको थियो।

पाकिस्तानमा वेश्यावृत्ति अवैध भए पनि लर्कानाका लजमा लुकीछिपी यौनकर्मीहरूले आफ्ना व्यवसाय सञ्चालन गर्ने गरेका थिए। एचआईभी फैलिएको पत्ता लागेपछि सरकारले त्यस्ता स्थानमा कारबाही गर्याे ।

अहिले कसरी फैलियो?
तर के त्यतिबेला फैलिएको भाइरसको सम्बन्ध अहिलेको घटनासँग होला त?
सिन्ध एड्स नियन्त्रण कार्यक्रममा कार्यरत डा. असद मेमोन प्रत्यक्ष नभए पनि सम्बन्ध हुन सक्ने बताउँछन् ।
'मलाई लाग्छ उच्च जोखिममा भएको समूहका सदस्यले (लिङ्ग परिवर्तन गरिएका र महिला यौनकर्मी) भाइरस बोकेका थिए। अनि स्थानीय तहमा काम गर्ने अदक्ष स्वास्थ्यकर्मीको असावधानीपूर्ण अभ्यासले सङ्क्रमण अरूमा र्सयो,' उनले भने।

त्यस्ता स्वास्थ्यकर्मीमा स्वास्थ्यसहायकदेखि चिकित्सकका रूपमा आफूलाई प्रस्तुत गरेर क्लिनिक चलाउने अप्रशिक्षित तथा चिकित्साशास्त्र अध्ययन गरेका तर अस्पतालमा काम गरेको अनुभव नभएका व्यक्ति पनि छन् ।पाकिस्तानका ग्रामीण क्षेत्रमा बिरामीहरू प्राय दक्ष चिकित्सककहाँ नगएर त्यस्ता व्यक्तिकहाँ जान्छन् । किनभने त्यस्ता अदक्ष स्वास्थ्यकर्मीहरूले कम शुल्क लिन्छन् । तथा सजिलै उपलब्ध हुन्छन् । 

बालबालिकामा कसरी फैलियो ?
एचआईभी भएका बालबालिकामा विशेषज्ञता भएकी आगा खान युनिभर्सिटी अस्पतालमा कार्यरत डा. फालिमा मिर अहिले रात्तो देरामा स्वयंसेवा गर्दैछिन् । 

असावधानीपूर्वक गरिएको अभ्यासकै कारण बालबालिकामा एचआईभी फैलिएको र यसको सम्बन्ध सन् २०१६ को महामारीसँग हुन सक्ने उनको पनि धारणा छ ।

'बालबालिकालाई तीन तरिकाले सङ्क्रमण हुन सक्छ,' उनी भन्छिन्, 'भाइरस भएकी र स्तनपान गराउने आमाबाट, बाहिरबाट रगत दिँदा वा शल्यक्रियामा प्रयोग हुने सङ्क्रमित उपकरण अथवा सुईबाट।'

उनने हेरेका अधिकांश बिरामीमा आमामा एचआईभी छैन, तर केही बालबालिकामा भने रगत दिइएको थियो। यसको अर्थ स्थानीय स्वास्थ्यकेन्द्रमा धेरै बिरामीलाई एउटै सुई प्रयोग गरिएको हुनुपर्छ।

सरकार के गर्दैछ?
सरकारी अधिकारीहरू पनि यसमा सहमत छन्। सिन्ध प्रान्तमा सरकारी नियमनबिना सञ्चालित झन्डै पाँच सय क्लिनिकहरू बन्द गरिएको बताइएको छ।

सुईबाट एड्स फैलाएको आरोपमा मुजफ्फर गाङ्रो नाम गरेका एक स्थानीय चिकित्सकलाई पक्राउ गरिएको छ।

सङ्क्रमित सबै व्यक्तिलाई आफूले नहेरेको भन्दै उनले आफूविरुद्ध लगाइएको आरोपको खण्डन गरेका छन् । 
सिन्धमा एचआईभी सङ्क्रमणको दर पाकिस्तानमै सबैभन्दा उच्च छ।त्यहाँ पुन महामारी फैलिएपछि सरकारले कारण पत्ता लगाउन छानबिन सुरु गरेको छ।

तर त्यसबाट सङ्क्रमण भइसकेका र आजीवन त्यसको असर खेप्नुपर्ने व्यक्तिलाई प्रत्यक्ष फाइदा पुग्दैन।

रात्तो देराको अस्पतालमा स्थापित शिविरमा एप्रिल २५ देखि अहिलेसम्म १८ हजारभन्दा बढी व्यक्तिले परीक्षण गराएका छन् । 

के भन्छन् अभिभावक?
अहिलेसम्म कम्तीमा ६०७ जनामा एचआईभी भेटिएको पुष्टि भएको छ। तीमध्ये तीनचौथाइ पीडितको उमेर एक महिनादेखि १५ वर्षको बीचमा छ।
यसको अर्थ के हो भने सयौँ बिरामीका अभिभावकहरू आफ्ना सन्तानको स्वास्थ्य र आफनो दैनिक जीविकोपार्जनको चिन्तामा छन् । आफ्नी तीन वर्षीया छोरीलाई एचआईभी भएको पत्ता लागेपछि एक महिलाले बीब आफ्नो त्यस्तै चिन्ता व्यक्त गरिन् ।

उनले भनिन्, 'लार्कानामा ठूलो उमेरका मानिसलाई औषधि उपलब्ध छ। तर बच्चाको औषधि लिन कराची जानुपर्छ। त्यो भनेको प्रत्येक चोटि जाँदा हामीले हजारौँ रुपैयाँ खर्च गर्नुपर्छ।'

'मेरा श्रीमान दैनिक ज्यालादारीमा काम गर्छन् त्यसैले हामी लामो समय त्यत्रो खर्च गर्न सक्दैनौँ।' बिबिसी 
 

Last modified on 2019-05-23 06:07:28

gch_ivf samyog_advertisement bathrog

Leave a Comment

NIdan Hospital tuberculosis

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts