यी रोगमा औषधि सावित हुन्छ धनियाँ



Download our app to get more features

काठमाडौं । धनियाँको स्वादसंग अपरिचित को होला ? यसलाई मसला वा औषधिको रुपमा अनादिकालदेखि विश्वका धेरैजसो सभ्यतामा प्रयोग गरिदैं आएको छ । यो संसार कै पुरानो मसला मध्ये एक हो । यसको सेवनले भोग जगाउँछ र रोग लाग्ने सम्भावना घटाउँछ । धेरै सक्रिय तत्वहरु पाइने हुनाले धनियाँमा एन्टी माइक्रोवियल, एन्टी अक्सिेडन्ट, एन्टी डिस्लिपिडेमिक आदि औषधिय गुण हुन्छन् । 

यसको बियाँ सेवनबाट शरिरमा कोलेस्टोरल नियन्त्रण हुने अनुसन्धानले पुष्टि गरेको छ । धनियाको पातमा भिटामिन सी, भिटामिन के, खनिज पदार्थ र प्रोटिन जस्ता पोषक तत्वहरु पाइन्छन् । 

धनियाको विया पनि गुणकारी हुन्छ । यसलाई मसलाका रुपमा प्रयोग गरिन्छ । धनियाँको बियाबाट प्राप्त हुने तेल विश्व बजारको प्रमुख सुगन्धित तेल हो । यसमा पाइने लिनालो मा लिनालोल तत्वमा दुखाइ कम गर्ने र जीवाणुलाई मार्ने गुण हुन्छ । 

धनियाँको पातलाई अचारका रुपमा वा तरकारी, दाल वा अन्य परिकारमा मिसाएर खाने गरिन्छ । धनियाँ सफा हुनुपर्छ । हरियो पातमा फोहर वा जीवाणु हुने सम्भावना धेरै हुन्छ । कम्तीमा तीनपटक सफा पानीले पखालेर केहि बेर ओभानो भएपछि खानु राम्रो हुन्छ । बजारमा बेचिने फोहोरी धनियाले पनि असर गर्ने गर्छ  । सकेसम्म धनियाँ आफ्नै घरआगँनमा वा कौसीमा उत्पादन गरेर खाने गरौं । 
 

(जीवनकुमार प्रसाईको पुस्तक वरिपरि नै सर्वाेपरिबाट  )
 

Last modified on 2019-05-23 13:07:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts