यौन सम्बन्धको समय पुरुषले गर्ने यस्ता छन् ५ गल्ती...



Download our app to get more features

सेक्सलाई दुई पार्टनरबीच राम्रो सम्बन्धको बलियो आधार मानिन्छ । यो केवल फिजिकल इन्टिमेसीको माध्यम मात्रै हुँदैन बरु सेक्सको माध्यमबाट पार्टनर भावनात्मक र मानसिक रुपले पनि बलियो हुन्छन् । सेक्सको मामिलामा महिलाको भन्दा पुरुष अत्यधिक एक्सपेरिमेन्टल हुन्छन् । तर, नयाँ नयाँ एक्सपेरिमेन्ट गर्ने चक्करमा उनी प्रायः केहि गल्ती पनि गर्न पुग्छन् । जानौं सेक्सको समय पुरुषले गर्ने केही गल्तीका बारेमा

पार्टनरसँग अर्गेज्मको बारेमा सोध्नु 
सेक्सको समय जरूरी हुँदैन की सबै महिलाको अर्गेज्म होस । सबै महिलाको शरीर र उसको शारीरिक बनावट फरक फरक हुन्छ । त्यस कारण इन्टिमेट हुने क्रममा आफ्नो फिमेल पार्टनर सँग अर्गेज्मको बारेमा सोध्नु हुँदैन । यसले उनीहरुमा नकारात्मक प्रभाव पर्न सक्छ ।

धेरै वाइल्ड हुनु
प्रायः जसो पुरुष सेक्सको समय धेरै नै वाइल्ड हुने गर्छन् । उनलाई लाग्छ कि यसले धेरै उत्तेजना उत्पन्न हुन्छ । जसले पार्टनरलाई अत्यधिक अर्गेज्म प्राप्त हुन्छ । यस्तो हुन पनि सक्छ तर, अत्यधिक वाइल्ड हुनाले पार्टनरलाई चोट पनि लाग्न सक्छ । वा अत्यधिक वाइल्ड हुँदा पार्टनरलाई दुखाईपनि हुने सम्भावना हुन्छ ।

ब्रेस्टमा टोक्ने
कतिपय पुरुष सोच्छन् कि सेक्सको समय फिमेल पार्टनरको ब्रेस्टमा टोक्नाले धेरै अर्गेज्म हुन्छ र पार्टनरमा अत्यधिक उत्तेजना उत्पन्न हुन्छ । तर, यस्तो हुँदैन । तपाईंको टोकाईले उनलाई असहज महसुस हुन सक्छ र घाउ बन्न सक्छ । त्यस कारण राम्रो सम्बन्धका लागि फिमेल पार्टनरले भनेको सुन्नु पर्छ । 

सेक्समा एक्सपेरिमेन्ट
तपाईंलाई सेक्सको समय नयाँ नयाँ तरिका अपनाउन राम्रो लाग्छ वा तपाईंको सोख हुन सक्छ । तर, जरूरी हुँदैन कि तपाईंको पार्टनरलाई पनि यो मन परोस । इन्टिमेट हुने क्रममा एक अर्काको सेक्शुअल प्रेफÞरेन्सको ध्यान राख्नु नै राम्रो हुन्छ ।

फोरप्ले नगर्नु
कतिपय यस्ता कपल्स पनि छन् । जो सेक्सको समय फोर प्ले गर्नुलाई महत्व दिँदैनन् । तर, सेक्सको समय यो निकै नै महत्वपूर्ण मानिन्छ । यसले सेक्स ड्राइभलाई बढाउने काम मात्रै गर्दैन बरु पार्टनरलाई सहि समयमा अर्गेज्मको स्थिति सम्म पनि पुर्याउनमा मद्दत गर्छ ।

 

(नवभारतटाइम्सबाट)

Last modified on 2019-05-26 13:31:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts