गर्मीमा लस्सी पिउनुका यस्ता छन् फाइदा...



Download our app to get more features

अहिलेको मौसम गर्मीको मौसममा हो । देशैभरको मौसम हेर्ने हो भने राजधानि बाहेक अन्य क्षेत्रमा दिनदिनै गर्मी बढ्दै गइरहेको छ । उसो गर्मीमा शरिरलाई चिसो प्रदान गर्ने खाद्यपदार्थ सेवन गर्न मानिसहरु अनेक उपाय अपनाउँछन् । चिसो पानी पिउनु देखि चिसो दहीको लस्सी पिउने सम्म । जसमध्ये तपाईँलाई पनि गर्मीको मौसममा गर्मीबाट बच्न लस्सी पिउन मन पर्छ होला ।

स्वादमा पनि उत्कृष्ट मानिने लस्सीका अनेक फाइदाहरु पनि छन् । नियमित लस्सीको प्रयोगले शरिरलाई गर्मीबाट बचाउन सकिन्छ । चीनी विनाको लस्सी पिउनुलाई अति फाइदाजनक मानिन्छ । तर, ग्यास्ट्रिकको समस्या हुनेले रातीको समयमा लस्सी पिउनु हुँदैन । त्यति मात्र नभई मधुमेह रोगीले पनि लस्सी पिउनु हुँदैन ।

लस्सी क्याल्सियमका लागि उपयुक्त स्रोत भएकाले हाड र दाँतलाई बलियो बनाउन मद्दत पुग्छ । लस्सीले ब्लड सुगरलाई पनि सन्तुलन राख्न सहयोग पुर्याउँछ । गर्मीमा शरिरको तापक्रम कम गर्न लस्सी भन्दा राम्रो अर्को विकल्प अरु नहुनसक्छ । लस्सीमा प्रोटिनको मात्रा धेरै भएकाले शरिरको कोषतन्तुलाई कमजोर हुनबाट बचाउँछ  भने उच्च रक्तचाप भएका बिरामीका लागि नमकिन लस्सी अर्थात् नुन राखेर पिउनु अति लाभदायक मानिएको छ ।  

 

(एजेन्सीको सहयोगमा)

Last modified on 2019-05-26 13:29:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts