किम्बु क्यान्सर नियन्त्रणमा लाभदायक



Download our app to get more features

निकै स्वादिष्ठ फल किम्बु पाक्ने सिजन यो हो । किम्बुको स्वादबाट टाढा रहेका व्यक्ति कमै होलान् । पश्चिम एसियामा उत्पति भएको किम्बु धेरै मुलुकमा पाइन्छ ।
रंगिन किम्बुको फल मन नपराउने को होला ? किम्बु रेसम किरा उत्पादनमा प्रयोग गरिन्छ । यसको फल रोग निरोधक हुने विभिन्न अनुसन्धानले देखाएका छन् । एन्थोसियनिन र क्यारोटिनको धनी यसको फल प्रोस्टेट क्यान्सर नियन्त्रणमा समेत लाभदायक हुन सक्ने एक प्रारम्भिक अध्ययनले देखाएको छ । मधुमेहमा पनि यो निकै लाभदायक हुन् सक्छ ।

ब्राजिलमा पाइने किम्बुको पातमा रगतमा बढ्दो चिनि, कोलेस्टेरोल नियन्त्रण गरी एचडिएल (असल कोलेस्टेरोल) बढाउने गुण रहेको जनावरमा गरिएको एक अनुसन्धानले देखाएको छ । सजिलै उत्पादन गर्न सकिने किम्बुको बृहत खेति अन्तराष्टिय बजारसम्म पुर्याउन आवश्यक छ ।  

Last modified on 2019-05-28 19:40:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts