स्टार अस्पतालमा लाईफस्टाईल तथा योग क्लिनिक सुरु 



Download our app to get more features

काठमाडौं, १७ जेठ । स्टार अस्पतालले विश्व धुम्रपान रहित दिवसको अवसरमा लाईफस्टाईल तथा योग क्लिनिक र मधुमेह थाईरोईड तथा हर्मन विभाग सञ्चालनमा ल्याएको छ । नेपालमा नसर्ने रोगबाट हुने मृत्युदर क मगर्ने  उद्देश्यका साथ यो सेवा सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ । शुक्रबार अस्पतालमा आयोजित एक कार्यक्रमका बिच स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले उक्त सेवाको उद्घाटन गरेका छन् । राज्यमन्त्री यादवले उपचारका लागि विदेश जानुपर्ने बाध्यता हट्दै गएकोमा भन्दै अस्पताललाई शुभकामना पनि दिए । 

अस्पतालको लाईफस्टाइल तथा योग क्लिनिक मार्फत यस्ता सेवा सञ्चालन गर्ने अस्पतालले जनाएको छ । 
मोटोपन घटाउने
चुरोट, सुर्ति छुटाउने कार्यक्रम
मानसिक तनाव व्यवस्थापन कार्यक्रम 

शरिरिक तन्दुरुस्ती प्रवर्धन कार्यक्रम

यस्तो क्लिनिक संचालन गर्ने स्टार अस्पताल नै पहिलो रहेको अस्पतालका मेडिकल डाईरेक्टर प्रो.डा. प्रकाश राज रेग्मीले दावी गरे । साथै उनले अस्पताल स्वास्थ्य सम्बन्धि चेतना अभिवृद्धि गर्ने कार्यमा निरन्तर लागिरहने बताए । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts