सार्वजनिक पोखरीमा पौडी खेल्दा 'दाद' आउने जोखिम उच्च !



Download our app to get more features

अहिले मौसमको तापक्रम निकै उच्च हुँदै गएको छ । विशेषगरी तराई मधेशका क्षेत्रमा गर्मीका कारण जनजीवन प्रभावित बनेको छ । गर्मीबाट जोगिन प्रायः मानिस पौडी खेल्न रुचाउँछन् । तर, सार्वजनिक पोखरीमा पौडी खेल्दा खतरा हुन सक्छ ।किनकी सार्वजनिक पोखरीमा पौडी खेल्दा दाद आउने समस्याले सताउने सम्भावना उच्च हुन्छ ।

दादले धेरै मानिसलाई  जीवनको कुनै न कुनै समयमा दुख दिइरहेको हुन्छ ।

सानो असावधानीले पनि दाद रोगले सताउने गर्दछ । छालारोग विशेषज्ञ डा. सविना भट्टराइका अनुसार दाद किन हुन्छ र उपचार के हो त ?  


कस्ता व्यक्तिलाई दाद हुन्छ ? 

  • रोगप्रतिरोधी क्षमता कमी भएका व्यक्ति ।
  • मधुमेह भएका, दीर्घरोग भएका, रोगप्रतिरोधी क्षमता कम बनाउने औषधि खाइरहेका ।
  • सार्वजनिक पोखरीमा बढी पौडी खेल्ने ।
  • एकआपसमा लुगा साटासाट गरेर लाउँदा पनि सर्छ ।

 लक्षण 

  • चिलाउने ।
  • सानो पैसा आकारको दाग देखिने ।
  • फैलिँदै जाने ।
  • बीच भागमा राम्रो भएजस्तो देखिन्छ, तर बाहिर रातो बढ्दै जान्छ ।
  • खराब औषधि र्पयो भने घाउ पाकेर पिप आउने हुन्छ, त्यसका साथै बढ्ने प्रक्रिया तीव्र हुन्छ, चर्हयाउने र मान्छे हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्छ ।
  • कपालको फंगल्स विद्यालय जाने बालबालिकामा बढी हुन्छ ।

यी कुरामा ध्यान दिऔं

  • औषधि नमिसाइएको सादा साबुनले नुहाउने । 
  • नुहाएपछि कटनको कपडाले राम्रोसँग पुछेर सुक्खा बनाउने ।
  • चिकित्सकको सल्लाहमा मात्र औषधि प्रयोग गर्ने । 
  • जथाभावी औषधि प्रयोगले साधारण औषधिले ठीक हुने ढुसी पनि निको नहुने क्रम बढेको छ ।
  • ढुसी मार्न प्रयोग गरिने पाउडर प्रयोग गर्ने । 
  • बाह्य संक्रमण नजुधोस् भनेर सचेत रहने । 
  • आफूखुसी उपचार कहिल्यै पनि नगर्ने । 
  • चिकित्सकलाई भेट्नुअगावै जथाभावी औषधि प्रयोग गर्दा सामान्य किसिमको फंगल्सको संक्रमणमा पनि लामो समय औषधि खानुपर्ने हुन्छ ।
  • पसिनालाई शरीरमा ओभाउन नदिने । 
  • कटनका लुगा लगाउने ।
  • शरीरमा हावा छिर्ने खुला कपडा लगाउने ।
  • शरीरमा फोहोर हुन नदिने ।
  • सामूहिक पौडी पोखरीमा नजाने ।
  • एक–अर्काको कपडा साटेर नलगाउने ।
Last modified on 2019-06-02 15:55:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts