आँखालाई सुरक्षित राख्न अपनाऔं यी उपाय...



Download our app to get more features

पछिल्लो समय काठमाडौंमा फैलिएको धूलो र धुँवाको कारण श्वासप्रश्वासमा जस्तै आँखामा पनि गम्भीर समस्या देखिन थालेको छ ।

मानिसहरुले यसमा खासै ध्यान नदिएकाले आँखा पाक्ने देखिआँखाको हेर्ने शक्तिलाई समेत कमजोर पार्दै गएको छ । काठमाडौंका अस्पतालहरुमा आँखाको समस्या भएको भन्दै आउने बिरामीको संख्या बढ्नुले पनि यो कुराको पुष्टि गर्छ । हुन त अहिले बालबालिका देखि बृद्धसम्मले मोबाइल, ल्यापटप ,कम्प्युटर र टेलिभिजन जस्ता इलेक्ट्रोनिकडिभाइस निरन्तर प्रयोग गर्नाले पनिआँखाको हेर्ने शक्तिमा समस्या बढ्दै गएको देखिन्छ ।

यसबाट आँखामा पर्ने असर र कसरि सुरक्षित राख्ने भन्ने विषयमा काठमाडौं विश्वविद्यालय शिक्षण अस्पतालका आँखारोग विशेषज्ञ डाक्टर सगुन जोशीको सुझाव :

आँखा कसरि कमजोर हुन्छ ?

  • वातावरण प्रदुषण,धूलो र धुँवाले गर्दा आँखामा संक्रमण हुन्छ । यसका कारण आँखा पाक्ने, सुख्खा हुने , पोल्ने, बिझाउने जस्ता समस्याहरुदेखिन्छन् ।अहिलेकाठमाडौंमा यस्तो समस्या मानिसहरुकोसाझा समस्या जस्तो बनेको छ ।प्रदुषणनियन्त्रण, धूलो र धुँवाको समस्यालाई समाधान नगर्ने हो भने भविष्यमाधेरैलाई आँखाको समस्याले सताउँछ।
  • बच्चा देखि बृद्धसम्मको दैनिकीमोबाइल, ल्यापटप ,कम्प्युटर र टेलिभिजनसँग रमाएरबित्ने गरेको छ । यस्ता बस्तुसँग धेरै नजिक र धेरैसमयबिताउने हुँदा यसले आँखालाई कमजोर पार्दै जान्छ । कम्प्युटरको माध्यमबाट लगातारकाम गर्ने पत्रकार, बैंकर्स, कर्मचारी लगायतमा पनि आँखा पोल्ने, दुख्ने समस्या देखिन थालेको छ । 
  • कम्प्युटरबाट भिडियो गेम खेल्ने बच्चाहरुआँखा र टाउको दुख्यो भनिरहेका हुन्छन् । किनकि धेरै नजिक बसेर गेम खेल्दा र हेर्दा आँखाको शक्ति बढी प्रयोग भइरहेको हुन्छ । विद्यार्थीहरुलेगृहकार्यपनि कम्प्युटरबाटनै गर्नुपर्ने हुन्छ । यसले गर्दा सानै उमेरमा चश्मा लगाउनेको संख्या बढेको छ । कम्प्युटरका कारण आँखामा देखिने समस्यालाई कम्प्युटर भिजन सिन्ड्रोम पनि भनिन्छ । जंक फ्रुड्स र केमिकलयुक्त खानाको कारणले पनि आँखालाई असर पर्छ । यसले मोतिबिन्दु हुने सम्भावना अधिक हुन्छ । 
  • मधुमेह बढेको कारणले पनि आँखामा समस्या देखिन्छ । मधुमेहका कारण आँखाका नशाहरु फुट्छ । मधुमेह बढेमा आँखा र किड्नीमाठूलो असर गर्छ । 

आँखालाई कसरी सुरक्षित राख्ने ?

  • राज्यले प्रदुषण नियन्त्रण, धूलोरधुँवाकोव्यवस्थापन , सामुदायिक स्वास्थ्य र सरसफाई विशेष ध्यान दिनुपर्छ । 
  • धूलो र धुँवाबाट बच्न मुखमा माक्स लगाए जस्तै आँखामा पनि प्रोटेक्टिभ ग्लास लगाउनुपर्छ । बाहिरबाट आएपछि सफा पानीले आँखापखाल्नुपर्छ । 
  • आँखामापोहोर पस्यो भने सफा पानीले पखाल्नुपर्छ।यस्तो अवस्थामा आँखा मिच्ने गल्ती गर्नु हुँदैन । पानीले सफा गर्दा फोहोर गएन भने तत्काल चिकित्सकको सहयोग लिनुपर्छ ।
  • आँखाकोदृष्टि काम भयो , आँखा रातो हुने आँखा दुख्यो, पोल्यो र टाउको दुख्यो भने पनि चिकित्सकलाई आँखा देखाउनुपर्छ।नेपालमा टाउको दुख्ने बित्तिकै सिटि स्क्यान, एमआरआईगर्ने चलन छ । तर यसको मुख्य कारण आँखा हुन सक्छ भनेर कसैले सोचेको हुँदैन । आँखाकै कारण टाउको दुख्य समस्या बढी हुन्छ । 
  • कम्प्युटर लगायतका इलेक्ट्रोनिक  डिभाइसप्रयोगगर्दा प्रत्येक बीस मिनेटमा बीस सेकेण्ड आँखा बन्द गरेर भित्र घुमाउनुपर्छ । प्रत्येक घण्टामाएक मिनेट आँखालाई आराम दिनुपर्छ । एक मिनेटको समय आँखाघुमाएर टाढा र खुल्ला ठाउँमा हेर्नुपर्छ । कम्प्युटरको स्क्रिन पनि ब्राइट गर्नु हुँदैन । 
  • कम्प्युटर चलाउँदा एन्टी रिफ्लेक्टिभ कोड (एआरसी) भन्ने चश्मा पाउँछ त्यो लगाउँदा आँखालाईसुरक्षित राख्न सकिन्छ । बच्चाहरुलाईयस्तो चश्मा प्रयोगगर्न लगाउनुपर्छ । 
  • खानपिनमा विशेष ध्यान दिन सक्यो भने आँखा कमजोर हुने समस्या कम हुन्छ । 
  • मधुमेह भएका बिरामीले तुरुन्तै आँखा देखाउनुपर्छ । मधुमेह भएको बिरामीले आँखामाचासो नदिंदा अथवा थाहा नपाउंदा अन्तिम अवस्थामा मात्र आँखा सम्बन्धी चिकित्सकलाई देखाउने गर्छन् । यस्तो अवस्थामा आँखाको नशा फुटिसकेको हुन्छ र आँखाको उपचार गर्न निकै कठिनाई हुन्छ । 
  • सबैभन्दा ठूलो विषय भनेको आँखालाई संक्रमण हुनबाट जोगाउनुपर्छ । 
Last modified on 2019-06-04 13:31:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts