गर्भावस्थामा जथाभावी औषधि प्रयोग गरे अपाङ्गता भएका शिशु जन्मने सम्भावना उच्च !



Download our app to get more features

के तपाईं गर्भावस्थामा जथाभावी औषधिको प्रयोग त गरिरहनु भएको छैन ? ख्याल गर्नुहोस्, त्यसले तपाईंको गर्भमा भएको बच्चालाई गम्भीर असर पारिरहेको हुन्छ ।

गर्भमा शिशु रहेको तीनदेखि आठ साताको समय भनेको शिशुको अङ्गहरूको स्वरुप निर्माण हुने समय हो । यो समयमा गर्भवतीले चिकित्सकको सल्लाहविना औषधि सेवन गरे त्यसले शिशुको मष्तिस्क, मुटु, आँखा, हातखुट्टा नै विकास नहुने चिकित्सकहरूको भनाइ छ । बच्चाको मष्तिस्क र शरीरका अङ्गहरू विकास हुने समयमा आमाले औषधि सेवन गरे अपाङ्गता भएका बच्चा जन्मिने संम्भावना उच्च रहने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जकी प्रसूतिरोग विशेषज्ञ डा. गीता गुरुङ्ले बताइन । 

यस्तो बेलामा सेवन गरेको औषधिले पार्ने असर 

  • राम्रोसँग शारीरिक विकास नहुनु ।
  • मष्तिस्क, आँखा र हात खुट्टाको राम्रो विकास नहुनु । 
  • बच्चा सानो जन्मिनु । 
  • गर्भमा नै बच्चा खेरा जान सक्ने उच्च सम्भावना । 

बच्ने उपाय 
रक्तचाप, मधुमेह र थाइराइडको समस्या भई औषधि सेवन गरेका महिलाले भने चिकित्सकको सल्लाह मात्रै बच्चा जन्माउनु पर्छ । तर, कुनै रोगको औषधि सेवन गरिएका गर्भवतीले पनि चिकित्सकको सल्लाह बमोजिम नै सुरक्षित औषधि मात्रै प्रयोग गर्नु पर्छ । चिकित्सकको सल्लाह बमोजिम सुरक्षित औषधि गरे त्यसले शिशुलाई असर पार्ने सम्भावना न्युन हुन्छ । यस्तै गर्भवतीले भिटामिन ‘ए’ बढी  भएको, हर्मोन विकास गराउने लगायतका औषधि समेत प्रयोग गर्न नहुने डा. गुरुङको भनाइ छ । जथाभावी औषधिको प्रयोगले बच्चामा देखिने समस्या वारे गर्भवती महिला आफै सचेत हुनुपर्ने डा. गुरुङले बताइन । 

क्लिनिकल फार्माकोलोजी विभागका सह प्राध्यापक डा. शतिशकुमार देवले क्षयरोगका बिरामीका लागी प्रयोग हुने स्टेपटोमाइसिन नामक औषधि गर्भवती महिलाले प्रयोग नगर्न सुझाव दिन्छन्  । त्यो औषधिको प्रयोग गर्भको बच्चाका लागि निकै हानिकारक हुने उनको भनाइ छ । उनले यो औषधि सेवान गरे शारीरिक रुपमा असक्षम बच्चा जन्मिने सम्भावन धेरै हुने बताए । गर्भावस्था भनेको निकै जटिल समय हो । गर्भवती महिलाले आफ्नो स्वास्थ्यको बारेमा सचेत नहुने हो भने त्यसले गर्भमा रहेको बच्चाको वृद्धि विकासमा नै असर पारी अपाङ् बच्चा जन्मिन सक्ने सम्भावना उच्च हुने हुन्छ । 

Last modified on 2019-06-06 06:18:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts