दैनिक २ घण्टा जिम क्लवमा बिताउँछुः नायिका थापा (भिडियोसहित)



Download our app to get more features

दुई दशक पहिला चलचित्र ‘दाइजो’ बाट नेपाली रजतपटमा प्रवेश गरेकी नायिका झरना थापालाई नचिन्ने सायद कमै होलान् । सुख दुख, ए मेरो हजुर, म तिमी बिना मरी हाल्छुनी जस्ता दर्जर्नौ नेपाली चलचित्रमा अभिनय गरी नेपाली चलचित्रको पर्दामा सदावार नायिकाको रुपमा दर्शकको मनको ढुकढुकी बन्न सफल भएकी छिन् । 

सँगै नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका कतियप नायिकाहरु गुमनाम भए तर, उनको जोस, उत्साह अहिलेपनि दुई दशक पहिलाको भन्दा कम छैन । उनी सधै स्वस्थ र फिट रहेकी छन् । स्वस्थ रहन समयले साथ दिएसम्म दैनिक २ घण्टा जिम कल्व गएर एक्ससाइज गर्छिन् नायिका थापा । 

‘सुटिङको समयमा यतितकै पनि एक्सससाइज हुन्छ ।’ उनी भन्छिन्, ‘घरमा हुँदा दैनिक रुपमा एक्ससाइज गर्छु ।’ 

स्वस्थ रहन सबैले सयम निकाले र दैनिक रुपमा १० देखि १५ मिनेट भएपनि एक्ससाइज गर्न उनको सुझाव छ । खानेकुरामा सधै ध्यान दिने उनको बानी छ । 
‘खानामा सधैं डाइट मिलाएर खान्छु ।’ उनले हामीलाई सुनाइन् ।

भिजाएको चना र हरियो मुगीको दाना खाएर दैनिकी शुरु गर्ने नायिका थापा घरमा हुँदा दाल, भात हरियो साग सब्जी खाने बताउँछिन् । घर बाहिर निस्कदा दिउँसमा उनी फलफूलमा बढी खाने गर्छिन् । 

स्वास्थ्यका हिसावले पनि राम्रो हुने भएकाले हरेक बुलकी थापाको भान्सामा सुख्खा रोटी पाक्छ । कहिले काँही मन लागेर चिल्लो, पिरो, मासु पनि खान्छिन् उनी । स्वास्थ्यलाई ख्याल गरी खानु खाएर मज्जाले एक्ससाइज गर्न जरुरी रहेको उनको भनाई छ । 

सबैले स्वास्थ्यलाई ध्यान दिएर दैनिक १५ मिनेटसम्म एक्ससाइज गर्ने सुझाव दिन्छिन उनी ।  चिल्लो पिरो नखाने, स्वास्थ्य कमजोर हुने हुँदा पेटभरी खाने, स्वस्थ रहन गेडागुडीमा ध्यान दिनु पर्ने सल्लाह छ नायिका थापाको । 

 

Last modified on 2016-06-12 08:49:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts