पहिलो पटकको यौनसम्पर्कमा किन महिलाहरुमा रगत बग्छ ?



Download our app to get more features


काठमाडौं, २४ जेठ । कुमारी केटीको योनीमा एक किसिमको पातलो छालाको झिल्ली हुने गर्छ ।

जसलाई अंग्रेजीमा हाइमेन (Hymen) भनिन्छ । जुन पहिलो यौनसम्पर्क गर्दा च्यातिन्छ र त्यसैगले गर्दा रगत बग्ने गर्दछ । तर, यो बै कुमारी केटीमा हुनैपर्छ भन्ने छैन, कोहीकोही केटीहरमा जन्मजात नै नहुनसक्छ ।

कोही केटीहरुमा काम गर्दा, खेलकुदमा भाग लिंदा, रुख चढ्दा, साइकल चलाउँदा पनि यो आफैं च्यातिन सक्छ ।

यौनसम्पर्क गरेपछि किन दुख्छ यौनअंग

यौनसम्पर्क गरेपछि यौनाङ्ग दुख्नुका कारणहरु थुप्रै हुन सक्छन् । तीमध्ये प्रमुख कारण निम्नानुसार छन्ः

कलिलो/सानो उमेरमा यौनसम्पर्क गर्नाले विशेष गरी ठूलो÷उमेर पुगिसकेका मान्छेसँग गर्नाले 

अफ्ठ्यारो गरी वा आफ्ठ्यारो आसनमा यौनसम्पर्क गरेमा 

यौन अंगमा संक्रमण वा घाउ भएको खण्डमा

किशोर–किशोरीहरुका प्रजनन स्वस्थ्यसम्बन्धी जिज्ञासा पुस्तिकाबाट

Last modified on 2019-06-07 09:14:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts