स्ट्रेच माक्र्सबाट छुटकारा पाउन चाहनुहुन्छ भने अपनाउनुस् यी उपाय....


Download our app to get more features
Spark_health_home Birat Hospital

स्ट्रेच माक्र्सका कारण प्रायः महिलाहरु चिन्तित हुने गर्छन् । शरीरको विभिन्न भागमा  आउने स्ट्रेच माक्र्सका कारण महिलाहरुको आत्म विश्वासमा पनि कमि आउने गर्छ । यसबाट छुटकारा पाउन विभिन्न महँगो क्रिमको प्रयोग अन्य उपचार विधि अपनाए पनि त्यसबाट नतिजा खासै राम्रो नआउदा झन् बढि समस्या हुने गरेको छ । स्ट्रेच माक्र्सबाट छुटकारा चाहिन्छ भने यी उपाय तपाईंका लागि लाभदायक हुन सक्छ । 

भिटामिन ई
भिटामिन ई लाई सौन्दर्यको भिटामित पनि भन्ने गरिन्छ । भिटामिन ई को प्रयोग तपाईंले आफ्नो सौन्दर्यको लागि र छाला चम्किलो बनाउनका लागि मात्रै प्रयोग गर्नुभयो होला । अब यसले तपाईंको डेड स्किन सेल्सलाई पनि मर्मत गर्ने काममा पनि मद्दत गर्छ । आफ्नो छालामा भिटामिन ई युक्त बडी लोशन लगाउनाले वा शरीरको जुन भागमा स्ट्रेच माक्र्स छ त्यहाँ राति सुत्ने समय भिटामिन ई को क्याप्सूल लगाएर सुत्न सक्नुहुन्छ । त्यस बाहेक तपाईंले आफ्नो डाइटमा एभोकाडो, बादाम, पालुगों, सरिस्यूँको दाना पनि समावेश गराउन सक्नुहुन्छ । 

vayoda

bp_ad

भिटामिन ए
तपाईंको कुनै पनि समस्या छ भने सबैभन्दा पहिले आफ्नो डाइटको ध्यान राख्नुपर्छ । त्यसका लागि खानामा भिटामिन ए युक्त सामग्री पनि समावेश गराउनुपर्छ । भिटामिन ए विभिन्न तरकारीमा सजिलै पाउन सकिन्छ । जस्तै गाजर, माछा, एप्रीकोट र बेल आदि । यसले पनि तपाईंको मृत छालाको कोषलाई मर्मत गर्ने काम गर्छ । 

भिटामिन सी
स्ट्रेच माक्र्सबाट छुट्कारा पाउनका लागि भिटामिन सी पनि महत्वपूण मानिन्छ । भिटामिन सी लाई पनि तपाईंले आफ्नो डाइटमा समावेश गराउन सक्नुहुनेछ । यसले तपाईंको छालामा  कलेजन उत्पादन गर्ने काम गर्नुका साथै छालालाई नयाँ बनाउने काम गर्छ । भिटामिन सी का लागि कागती, अमला, सुन्तला, अंगूर, भेडे खुर्सानीको सेवन गर्नुपर्छ ।

भिटामिन के
भिटामिन के ले पनि तपाईंको स्ट्रेच माक्र्सलाई कम गर्न मद्दत गर्छ । निकै कम मानिसलाई भिटाभिन के को बारेमा जानकारी हुन्छ । भिटामिन के का लागि आफ्नो डाइटमा स्प्राउट्स, बन्धा, स्प्रिंग अनियन जस्ता खानेकुरा समावेश गराउन सक्नुहुन्छ । यसले स्ट्रेच माक्र्सलाई कम गर्नु बाहेक डार्क सर्कललाई पनि कम गर्छ ।

(सौन्दर्य विद सरिता शर्मासँग गरिएको कुराकानीमा आधारित)

Last modified on 2019-06-10 10:10:15

samyog_advertisement Kathmandu Cancer Center alka

Leave a Comment

NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts