चाँयाले निम्त्याउँछ छाला रोग !



Download our app to get more features

टाउकोमा चाँया पर्ने समस्या धेरैमा हुन्छ । जाडोयाममा यो समस्या अझै बढ्ने गर्छ । यो कुनै रोग होइन तर लामो समय रहिरहे छालामा विभिन्न समस्या आउनसक्छ । टाउकोमा चाँया किन पर्छ र यसबाट टाढै रहने उपाय बारे छालारोग विशेषज्ञ डाक्टर रुपक घिमिरेले केही सुझाव दिएका छन् । जानौं डा. घिमिरेको सुझाव :-

टाउकोको छाला मर्ने र नयाँ आउने क्रम निरन्तर चलिरहन्छ । यही क्रममा कहिलेकाही हर्मोन धेरै हँुदा सेता सेता फुस्रा मसिना दागहरू देखिन्छन जसलाई चाँया भनिन्छ । 

चाँया पर्ने कारण :

चाँया पर्ने मुख्य कारण अहिलेसम्म पत्ता लागेको छैन् । तर, टाउकोमा पिटिरोस्पोरम ओभली नामको ढुसी धेरै हुँदा चाँया पर्छ । निम्न कारणबाट पनि चाँया पर्ने सम्भावना उच्च रहन्छ । 

  • हर्मोनको गडबडी ।
  • बंशाणुगत गुण ।
  • टाउको फोहोर राख्नु ।
  • टाउकोमा धेरै पसिना आउनु ।
  • टाउकोको छाला सुख्खा हुनु । 
  • टाउकोको छालामा एलर्जी हुनु ।
  • लामो समयदेखि थकान, तनाव वा चिन्ता लिनु ।
  • अस्वस्थ खानपिन ।

यस्ता व्यक्तिमा चाँया पर्ने सम्भावना बढी :

चाँया सबै उमेर समूहका व्यक्तिमा पर्न सक्छ । सामान्यतया १२–१३ देखि २०–२२ वर्षको उमेरका व्यक्तिमा हर्मोन परिर्वतनले चाँया पर्नेगर्छ । साथै चिल्लो कपाल हुने व्यक्तिमा पनि चाँया बढी पर्छ । 
व्यक्तिपिच्छे चाँयाको प्रकृति फरक फरक हुन्छ । कसैमा थोरै त केही व्यक्तिमा धेरै चाँया पर्छ । यदि तालु रातो हुने, चिलाउने, पोल्ने, चाँया परेको ठाउँबाट रगत आउने, अनुहारमा समेत देखा पर्र्ने, तालुको छाला खुइलिने, कपाल धेरै झर्ने, टाउको धेरै चिलाउने भयो भने तुरुन्त छालारोग विशेषज्ञसँग परामर्श लिनुपर्छ । यसलाई सामान्य रुपमा लिनु हुँदैन् । अन्यथा पछि गम्भीर प्रकृतिको रोग निम्तन सक्छ । 

चाँया परे निम्न सावधानी अपनाउनु पर्छ :

चाँयालाई सदाको लागि पुरै हटाउन सकिदैन् तर कम गर्न भने सकिन्छ । टाउको सफा राख्ने, कपालमा सम्भव भएसम्म रसायनयुक्त केमिकल नहाल्ने, टाउकोको छाला धेरै सुख्खा वा चिल्लो नराख्ने, लामो समय चर्को घाममा नबस्ने, तनाव कम गर्ने र सन्तुलित स्वस्थ खाना खाएमा चाँयाबाट मुक्ति पाइन्छ । साथै जिंग बी समूहका भिटामिन र फ्याटी एसिड भएका खाना खाने गरेमा पनि चाँया नियन्त्रणमा आउँछ । 

Last modified on 2019-06-10 13:56:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts