किन हुन्छ बालबालिकामा मोटोपन ?



Download our app to get more features

विकसित देशको तुलनामा विकासोन्मुख देशमा मोटोपन धेरै कम मात्रामा पाइन्छ । विकसित देशको खानपिन, जीवनशैलीको नक्कल गर्दै नेपालमा पनि विगत केहि वर्षदेखि बच्चाहरुमा मोटोपन देखा परिरहेको छ ।

बच्चाहरुमा कुपोषण ५ मूख्य मुत्युदर बढाउने रोगहरुमा पर्दछ भने मोटोपनलाई रुग्णता (Morabidity) बढाउने समस्याको रुपमा लिन सकिन्छ । विश्वको तथ्यांक हेर्दा मोटोपना विगत तीस वर्षको तुलनामा चार गुणाले बढेको छ ।

नेपालको सन्र्दभमा मोटोपनको तग्यांक सम्वन्धी खासै अनुसन्धान भएको देखिदैन ।

नेपाल सरकारको एक मात्र बाल अस्पताल कान्ति बाल अस्पतालका इन्डोक्राइन ओपिडि सञ्चालनमा आएदेखि मोटोपना भएको बच्चाहरुको संख्या बढ्दो मात्रामा देखिन्छ । विगत एक वर्षको तथ्यांक हेर्दा कान्ति बाल अस्पतालको इन्डोक्राइन ओपिडिमा माटोपना भएको बालवालिका १५ प्रतिसतको हाराहारी देखिएको छ ।

बच्चाहरुको उमेर अनुसारको उचाई र तौल ग्रोथ मोनिटोरीगं चार्टबाट हेरीन्छ । जसमा यदि बच्चाको उचाई अनुसारको तौल बिएमआईको माथिल्लो रेखाभन्दा (९५ प्रसेण्टाइल) माथी रहेमा त्यसलाई मोटोपना भएको मानिन्छ ।

कारणहरु के के हुन् ?
मोटोपनाको कारणहरु धेरै छन् । साधारण मोटोपना देखि विभिन्न समस्या भएको मोटोपनमा विभिन्न कारणहरु हुन्छन् । कान्ति बाल अस्पतालमा आउने मोटा बच्चाहरुमा धेरै मात्रामा साधारण मोटोपना देखिएको छ ।

  • स्वस्थ्य जीवनशैली नभएको कारणले हुन्छ । 
  • अत्याधिक मात्रामा बाहिरी तथा तैयारी खाना जस्तै चाउचाउ, चकलेट, चिजवल, चिप्स लगायतका खाना सेवन गर्ने 
  • धेरैजसो समय मोवाईल, टेलिभिजन, कम्प्यूटरको प्रयोग गर्ने र 
  • बाहिर बढि खेल्ने समय कम हुँदै जानु मानिन्छ । 

बच्चाको मात्रै नभएर पारिवारिक खानपिनले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।

मोटोपना वंशाणुगत तथा हर्मोनको अभाव तथा बढी भएको कारणले गर्दा पनि हुन्छ । जस्तै थाइराइड हर्मोनको कमी, बढ्ने हर्मोनको कमी, एड्रेनल हर्मोन बढी भएका, टाइप २ मधुमेह आदी वंशाणुगत मोटोपनामा यदि बाबु आमा मोटो भएमा पनि मोटो हुने संभावना हुन्छ । बच्चाको जन्मदा तौल ज्यादा बढी वा ज्यादै कम भएमा पनि मोटोपना हुने सम्भावना हुन्छ । जन्मजात समस्या जस्तै सिण्ड्रोमिक माटोपनामा प्रडेर विल्लि, बर्डेट बेइड्ल सिण्ड्रोम आदि पर्दछन् । त्यसैले मोटो बच्चाको जाँच पडेताल गर्दा शरीरको टाउको देखि खुट्टासम्म विस्तृत रुपमा जाँच गर्नु आवश्यक हुन्छ । बच्चाको जन्मदेखिको जानकारी, शारीरिक तथा मानसिक विकासका, खानजिनका तरिका साथै विस्तृत जीवनशैलीबारे बुझ्नु आवश्यक हुन्छ । विस्तृत जाँच गरिसकेपछि कारण पत्ता लगाउन र जटिलता थाहा पाउनको लागि रगत परिक्षण गर्नुपर्ने हुन्छ ।

कस्तो समस्याहरु आउन सक्छ ?
मोटोपनाले गर्दा बच्चामा विभिन्न जटिलताहरु आउन सक्छ । 

  • उच्च रक्तचाप 
  • टाइप २ मधुमेह
  • रगतमा बोसोको मात्रा बढी भएकोले मुटु सम्बन्धि समस्याहरु
  • कलेजोमा बोसोको मात्रा बढी हुने
  • श्वासप्रश्वास सम्बन्धि समस्या जस्तै दम, राती स्वास फेर्न समस्या 
  • ढाड घुँडा सम्बन्धि समस्या
  • मानसिक समस्याहरु जस्तै नैराश्यता, बालबच्चामा शाथीहरुको अगाडी मानसिक मनोवल कम हुने जस्ता समस्याहरु हुन्छन् ।

कसरी जोगाउने मोटोपनाबाट ?
बच्चाहरुलाई माटोपनाबाट जोगाउन समयमै सचेत हुन आवश्यक छ । 

  • खानपिनमा नियन्त्रण गर्नुभन्दा पनि स्वस्थ खानपिनमा जोड गर्ने ।
  • स्वस्थ जीवनशैलीको परिपालन गर्ने 
  • बाहिरी खाना अर्थात जकं फुड सेवन नगर्ने ।
  • नियमित शारिरीक अभ्यास गर्न लगाउने ।
  • मोकाइल, टेलिभिजन तथा कम्प्युटरको प्रयोग २४ घण्टमा २ घण्टामा सीमित राख्ने ।
  • घरको दैनिक काममा पनि बच्चाहरुलाई सहभागी गराउने ।
  • बेलुकीको खाना ७ बजेभित्र खुवाई १५ देखि २० मिनेट समय हिंड्डुल गर्न लगाउने ।
  • बेलुकीको खाना र सुत्ने समयको अन्तर करिव २ घण्टाको निर्धारण गर्ने ।

यी सबै तरिका अपनाउदा पनि बिएमआई ४० भन्दा बढी भएमा वयस्क अवश्थामा किशोर किशोरीहरुमा वैरियाट्रिक सर्जरी तथा औषधिको पनि प्रयोग गर्न सकिन्छ । स्वस्थ खानपिन तथा जीवनशैलीबाट मोटोपनबाट बच्चाहरुलाई जोगाउन सकिन्छ ।

हाम्रो जस्तो परिवेशमा जहाँ बच्चा मोटो हुनुलाई स्वस्थ मानिनछ, त्यस्तो अभिभावकहरुलाई मोटोपनले ल्याउन सक्ने समस्याको बारेमा जानकारी गराउनु अति आवश्यक हुन्छ ।

Last modified on 2019-06-13 12:16:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts