विश्व रक्तदाता दिवस

रक्तदानले हृदयघातबाट बचाउँछ, ध्यान दिउँ यी कुरामा

यस्ता छन् रक्तदान गर्नुको फाइदा



Download our app to get more features

काठमाडौं, २६ जेठ । आज विश्व रक्तदाता दिवस । रक्तदान सम्बन्धित विभिन्न कार्यक्रम गरी नेपालमा पनि विश्व रक्तदान दिवस मनाइदैं छ ।

 सुरक्षित रगत र रक्ततत्वको आवश्यकता प्रति सचेतना जगाउन र जीवन रक्षक रगत उपहार दिएकोमा रक्तदाताहरुलाई धन्यवाद दिन हरेक वर्ष जुन १४ तारिखमा यो दिवस मनाउने गरिएको छ । 
 
रक्तदानलाई जीवनदान पनि भनिन्छ । कसैले दान गरेको एक पिन्ट रगतले कसैको अमूल्य जीवन बचाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ । तर, कतिपय मानिसले यसबारे गलत धारणा राख्छन् । रक्तदानले बिरामी, शरीर कमजोर बनाउनेजस्ता गलत धारणा राख्ने गर्छन् । तर, रक्तदान गरेमा शरीरलाई फाइदा हुन्छ । यस्ता छन् रक्तदान गर्नुको फाइदाः

रक्तदान गर्ने मानिसमा हृदयघातको सम्भावना कम हुन्छ । रक्तदान गर्दा शरीरमा रगत जम्ने सम्भावना कम हुनुका साथै रगत पनि पातलो हुन्छ र हृदयघातको समस्याबाट बच्न सकिन्छ । 

रक्तदानले तौल कम गर्न पनि भूमिका निर्वाह गर्छ, जसका लागि हरेक वर्ष दुइपटक रक्तदान गर्नुपर्ने हुन्छ ।

रक्तदानले शरीरमा इनर्जी भर्ने काम गर्छ । रक्तदानपछि शरीरमा नयाँ रगतका सेल्स निर्माण हुन्छ, जसले शरीरलाई तन्दुरुस्त बनाउँछ । 

रक्तदान गर्दा कलेजोसँग सम्बन्धित समस्याबाट पनि बच्न सकिन्छ  । शरीरमा भएको अत्याधिक आइरनको मात्राले कलेजोमा दबाब सिर्जना गर्छ । रक्तदान गर्दा शरीरमा आइरनको मात्रा सन्तुलित बन्छ । 

आइरनको मात्रा सन्तुलित हुँदा कलेजो स्वस्थ बन्छ । यसो हुँदा कलेजो क्यानसरको सम्भावना पनि कम हुन्छ । 

डेढ पाउन्ड रगत दान गर्दा शरीरमा ६ सय ५० क्यालोरी कम हुन्छ । 

रक्तदान गर्नुअघि यी कुरामा ध्यान दिऊँ
१८ वर्षपछि मात्र रक्तदान गर्नुपर्छ

रक्तदान गर्नेको तौल ४५ किलोग्रामभन्दा कम हुनु हुँदैन

रक्तदान गनुभन्दा २४ घन्टाअघिसम्म मदिरा, धूम्रपान तथा सूर्तीजन्य पदार्थको सेवन गर्नुहुँदैन

स्वास्थ्य जाँचपछि मात्र रक्तदान गर्नुस्

रक्तदान गर्नुअघि राम्रोसँग निदाउनुस्, आइसक्रिमको सेवन नगर्नुहोस् । 

Last modified on 2019-06-15 14:36:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts