नियमित यौन सम्पर्कले महिलालाई राख्छ तनावबाट टाढा !



Download our app to get more features

एक नयाँ अध्ययनका अनुसार, महिला आफ्नो पार्टनरसँग मात्र १२ महिनामै सेक्सबाट बोर हुने गर्छन् ।

लामो समयसम्म सम्बन्धमा बसेपछि महिलाले सेक्सलाई त्यति महत्व दिदैनन् । क्यालिफोर्निया विश्वविद्यालय, सन फ्रान्सिस्कोका वैज्ञानिक र साउथह्याम्प्टन यूनिभर्सिटीका अध्ययनकर्ताले संयुक्त रुपमा उक्त अध्ययन गरेका छन् । अध्ययनकर्ताले लण्डनका ११ हजार ५ सय ८ जनामा गरेको अध्ययनमा महिलामा सेक्सप्रति रुची चाँडै नै समाप्त हुन्छ भने पुरुषमा सेक्सप्रति रुचि रहिहन्छ ।

अध्ययनमा ६ हजार ६ सय ६८ महिला र ४ हजार ८ सय ३९ पुरुषहरूलाई सहभागी गराइएको थियो । सहभागी सबै पछिल्लो एक वर्षदेखि आफ्नो पार्टनरसँग सक्रिय रुपले सेक्स गर्दै थिए । अध्ययनमा महिलामा सेक्स प्रति अधिकतम रुची केवल एक वर्षसम्म मात्रै रहन्छ । त्यस पछि उनीहरू सेक्सबाट भाग्न खोज्छन् । तर पुरुषमा यस प्रकारको कुनै परिर्वतन आउँदैन । 

सेक्स लाइफबाट महिलामा तनाव कम 
अध्ययनकर्ताका अनुसार नियमित सेक्स गर्ने महिलामा तनाव कम हुन सक्छ । उनीहरूको रोग प्रतिरोधात्मक क्षमता पनि अन्यको तुलनामा बढी रहेको अध्ययनले देखाएको छ । यस्ता महिला लामो समयसम्म बाँच्ने पनि गरेका छन् । सातामा कम्तीमा एक पटक सेक्स गर्ने महिलामा उमेर बढ्न थाल्छ भन्ने तथ्य अध्ययनले सार्वजनिक गरेको छ । 

यस्तो छ अध्ययनको रिपोर्ट 
४५ देखि ५४ वर्ष : अध्ययनमा सहभागि यो उमेर समूहका पाँच महिलामध्ये दुई जनाले सेक्न लाइफबाट सन्तुष्ट नभएको बताएका थिए । 
५५ देखि ६४ वर्ष : ३८ दशमलव ८ प्रतिशतले सेक्समा रुची नभएको बताएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
४५ देखि ५४ वर्ष : ३७ दशमलव ९ प्रतिशत महिलाले पनि सेक्समा कुनै रुची अध्ययनका क्रममा जनाएका थिए । 
६५ देखि ६४ :अध्ययनमा सहभागि मध्ये ३४ दशमलव २ प्रतिशतले सेक्समा रुची नभएको बताए ।

उमेर बढ्दै जाँदा सेक्समा रुचि कम 
अध्ययनका अनुसार उमेर बढ्दै जादा सेक्सप्रति रुची कम हुँदै गएको छ । यो क्रम पुरुषमा भन्दा महिलामा बढी भएको पाइयो । विशेषज्ञका अनुसार यस्तो हुनुमा मोनोपज प्रमुख कारण हुन सक्छ ।किनकी त्यो समय हर्मोनल परिवर्तन अत्यधिक हुन्छ । केही विशेषज्ञका अनुसार अधबैंसे उमेरका महिलामा घर र बाहिर दुवैतिर बढ्दो उत्तरदायित्वले कमी आउन सक्छ । 

आमा बनेपछि सेक्समा रुची कम 
महिला जब आमा बनेपछि बच्चाका कारणले सेक्समा रुची घट्ने अध्ययनले देखाएको छ । अध्ययनमा सहभागी यस्ता ५० प्रतिशत महिलाले रुची देखाएका थिएनन् । 

(एजेन्सीको सहयोगमा)

Last modified on 2019-06-15 14:35:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts