कसरी कुहिन्छ दाँत ? यसरी गरौं समाधान



Download our app to get more features

काठमाडौं, ३२ जेठ । दाँत मानव शरीरको निकै बलियो अंग हुनुका साथसाथै निकै संवेदनशील अङ्क पनि हो । संवेदनशील हुनुका पछाडि यसको बनावट हो । दाँतको भित्र गुदीको भाग दाँतलाई पल्प पनि भनिन्छ ।

जसमा रक्तसञ्चार र स्नायु प्रणालीका नसाहरु जराको फेद भागबाट आई थुप्रिएका हुन्छन् । त्यसैले पल्पले दाँतको मुटुझैं काम गर्छ ।

दाँतलाई चाहिने पोषणहरु पल्पबाटै लिन्छ र स्नायुप्रणालीको नसाहरु पनि हुने कारण धेरै संवेदनशील पनि हुन्छ ।

दाँतको मुटुलाई असर पुर्याउने केही प्रमुखकारण र समाधान यस्ता छन्ः
दाँतको भागहरु हाम्रौ मुखमा रहने माइक्रो अर्गानिजिमहरुले दाँतको भागहरुमा टाँसिएर बसेको खानेकुरालाई खाई एसिड निकाल्छ ।

ती एसिडले दाँतको भागहरु, चारैतिरबाट कुहाउने काम गर्छ र खाल्टो पार्दैपार्दै जान्छ ।

जब यो खाल्टो दाँतको मुटुको छेउ–छेउमा पुग्न खोज्छ वा पुग्छ तब तातो–चिसो खाँदा वा हावाले पनि निकै सिरिङ्ग पार्दछ ।

बेलाबेला मन्द दुख्ने र कहिलेकाहीँ घन्टौं दुखि रहने जस्ता लक्षणहरु देखा पर्छन् । 

समाधान 
बेलैमा किराले खाएको भाग भर्नुपर्छ 
किराले साना–साना खाल्टो बनाइरहेका प्रयालाई थाहा नै हुँदैन 
त्यसैले ६–६ महिनामा नियमित परीक्षण गराई राख्नुपर्छ 
दुखेपछि सहनै नसकेपछि मात्र डेन्टिस्टलाई देखाउने बानी असल होइन । कारण साधारण भरेर हुने कुरा जराको फेदैदेखि भर्नुपर्ने उपचार गर्नुपर्ने हुन्छ ।

जसले गर्दा अनावश्यक खर्च र दुःखाई हुन सक्छ । कहिलेकाहीँ दाँत नै निकाल्नु पर्ने पनि हुनसक्छ । 

दुखेकै छैन किन भर्नु ? जस्तै विचारले सानो खाल्टो पनि ठूलो खाल्टोमा परिणत हुन्छ र उपचारमा जटिलता निम्ताउँछ । 

दाँतमा चोट लाग्नु
लडेर अथवा कुनै वस्तुसँग दाँतको भाग ठोकिनु पुग्दा दाँतको मुटु मर्न सक्छ । केही समयपछि दाँतको भागभित्रै देखि रातो/कालो हुँदै आउँछ । जराको फेदको गिजाको भाग सुन्निनु सक्छ । पिपको फोकाहरु देखा पर्नसक्छ । 

समाधान
एक्सरे गरेपछि यस्ता दाँतहरुको उपचार ‘फिलिङ आरसिटि’ गर्नुपर्ने हुनसक्छ । 

दन्तलेऊ, दन्त पत्थर दाँतको वरिपरि जम्मा हुनु यसरी जम्मा भएको फोहोरहरुले सुरुमा गिजालाई असर गर्छ र त्यसपछि जरालाई समात्ने हड्डी र अन्य भागलाई असर पुर्याउँछ र कालान्तरमा दाँतको मुटुलाई दख्खल पुर्याउने काम गर्नसक्छ । 

समाधान 
फोहोरको अवस्था हेरेर ६ महिना १ बर्षमा फोहोरहरुको सफाई गर्न डेन्टर क्लिनक/अस्पताल जानुपर्छ । 

गिजाबाट रगत बग्ने, सास गन्हाउने र पहेलो÷खैरो फोहोरको ढिक्का जम्मा भएको थहा पाउने बितिकै डेन्टिष्टिलाई जँचाउन आवश्यक छ । 

डेन्टल सर्जन डा. जीवन राईको लेखबाट 
 

Last modified on 2019-06-16 14:17:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts