यस्ता छन् गर्भपतनसम्बन्धि भ्रम



Download our app to get more features

काठमाडौं, ७ असार । असुरक्षित गर्भपतनले महिलाहरुको मृत्यु हुने, रोगी हुने र आत्महत्या गर्ने सम्भावना बढी हुन्छ । साथै, यसले महिलाको शिक्षा, रोजगारी, र सामाजिक अवसरहरुम पनि बाधा पुर्याउँछ ।

महिलाहरुले यस्तो समस्याबाट उम्कन सुरक्षित तरिकाले गर्भपतन गराउन खोज्नु उनीहरुको अधिकार हो । तर, हाम्रो समाजमा गर्भपतन गराएकि महिलालाई  विभिन्न भ्रम फैलाएर लाञ्छना लागाउने    गरिन्छ ।

गर्भपतन सम्बन्धि यस्ता छन् भ्रमः

गर्भपतन गर्नु पाप हो

गर्भपतन गराउनेको चरित्र राम्रो हुँदैन ।

सुरक्षित गर्भपतन सेवा अनावश्यक छ र यसलाई स्रोत परिचालन गर्दा फाइदा छैन । 

धेरै महिलाहरुले गर्भपतनलाई परिवार नियोजनको साधनको रुपमा अपनाइरहेका छन् । त्यसैले सुरक्षित गर्भपतन सेवाले परिवार नियोजनको सेवा लिने संख्या घटाउन मद्दत पुर्याइरहेको छ । 

गर्भपतनले स्तनको क्यान्सर गराउँछ वा संभावना बढाउँछ

गर्भपतनले महिलाहरुमा निसन्तान अर्थात बाँझोपनाको संभावना बढाउँछ

यदि सबै व्यक्ति वा दम्पतीहरुले परिवार नियोजनको साधन प्रयोग गरेमा गर्भपतनको आवश्यकता पर्दैन ।

गर्भपतन गराउनु सुरक्षित छैन र यो खतरानक हुनसक्छ । 

गर्भपतन गर्ने कानूनी मान्यता हाम्रो देशको आवश्यकता भन्दा पश्चिमा देशहरुको प्रभावले गर्दा ल्याएको हो । 

गर्भपतन गर्ने कानून खुल्ला गरेकोले यसको प्रयोगमा वृद्धि भैरहेको छ । त्यसैले यसलाई खुल्ला छाड्नु हुँदैन ।

सुरक्षित गर्भपतन सेवाको उपलब्धताले लिङ्गको पहिचान गरि गरिने गर्भपतन वृद्धि भैरहेको छ र यसले छोरा र छोरी जन्मने अनुपातमा नकारात्मक प्रभाव पारिरहेको छ । 

गर्भपतन सेवाको विस्तारले समुदायमा यौन क्रियाकलाप बढेको र किशोरीहरुमा गर्भपतन 

आइपास नेपाल हेल्थ ऐसेस राइट्स

Last modified on 2019-06-25 08:14:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts