मेडिसिटी अस्पतालले 'बिरामी सुरक्षाको सुदृढ ढाँचाको विकास' विषयमा अन्तराष्ट्रिय गोष्ठि गर्दै



Download our app to get more features

काठमाडौं, १२ असार । नेपाल मेडिसिटी अस्पतालले ‘बिरामी सुरक्षाको सुदृढ ढाँचाको विकास‘ विषयमा अन्तराष्ट्रिय गोष्ठिको आयोजना गर्ने भएको छ । अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा ग्रुप अफ टेक्निकल असिस्टेन्ससंगको सहकार्यमा शुक्रबार र शनिवार  सम्मेलन गर्ने भएको हो । 

सामाजिक उत्तरदायित्वका रुपमा  भन्दै अस्पतालले आयोजना गर्ने गोष्ठिको उद्घाटन उप–प्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले गर्ने भएका छन् । 

अमेरिका स्थित रोग नियन्त्रण तथा निवारण केन्द्रका अनुसार बिरामीहरुको उपचार गर्ने क्रममा स्वास्थ्यकर्मीहरुको भुलचुकले वर्षमा २ लाख ५० हजार बिरामीहरु अस्पतालमै मृत्यु हुने गरेको छ ।  मृत्युको कारणहरुमध्ये अमेरिकामा यसरी मृत्यु हुनेहरुको संख्या तेश्रो नम्बरमा रहेको पाइएको छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक दिन अस्पताल भर्ना हुने दशमध्ये एक विरामीमा नकारात्मक असर पर्ने गरेको छ जसले समान्य देखि जटिल हँुदै मृत्युसम्मपनि पु¥याएको पाइन्छ । अधिकांश अवस्थामा संक्रमण देखिने, गलत शल्यक्रिया हुनु, गलत औषधि प्रयोगमा निर्देशन गर्नु, औषधिको मात्रा बढि हुनु तथा अस्पतालभित्रै चोटपटक लाग्ने पाइएको छ । 

अस्पतालले बिरामी सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै आएको  दावी गरेको छ । बिरामीहरुको स्वास्थ्यमा प्रभावपार्ने प्रत्यक्ष तथा अप्रत्यक्ष क्रियाकलापहरुबारे जान्ने अवसर यस सम्मेलनका सहभागिले पाउने अस्पतालले जनाएको छ ।  बिरामीहरुको सुरक्षाका विषयमा स्वास्थ्यकर्मीबीच अन्तत्र्रिmया गर्दै यसको बृहद् विकासका लागि सल्लाह, सुझाव र प्रतिक्रियाहरु संकलन गरी अस्पताललाई पूर्ण रुपमा सुरक्षित बनाउने अपेक्षा सम्मेलनले राखेको छ ।

उत्साहजनक सहभागिता देखाइएको यस सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञद्वारा मौखिक प्रस्तुति, पोष्टर प्रस्तुति, कि नोट सम्बोधन तथा प्यानल डिस्कसन हुनेछ । विश्व स्वास्थ्य संगठन, अमेरिका, बेलायत, जर्मनी, खाडी मुलुक, भारत लगायतका विभिन्न स्थानबाट स्वास्थ्यक्षेत्रको नेतृत्वतहका प्रतिनिधिहरु यस सम्मेलनका लागि नेपाल आइपुगको पनि अस्पतालले जनाएको छ ।  
 

Last modified on 2019-06-28 08:28:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts