भारतका पाँच अस्पतालमा सम्भव नभएको उपचार नेपालमा नै



Download our app to get more features

काठमाडौँ, १८ असार । सुन्धारास्थित काठमाडौं न्यूरो तथा जनरल अस्पतालले पहिलो चोटी एक बालिकाको Stricture Plasty with Anoplasty  With Colostomy Closure  को  सफलता शल्यक्रिया  गरेको छ । नेपालमा नै उपचार सम्भव हुने यस्ता रोगबारे र उपचार हुने अस्पतालबारे जानकारी नहुँदा जनताले  सास्ती बेहोर्नु परेको छ । 

सर्लाही घर भएकी १० वर्ष अर्चना कुमारी साह दुई वर्ष अगाडि दुर्घटनामा परेकी थिइन । दुर्घटना पछि उनको मलद्वारबाट दिशाको निकास हुन सकेको थिएन । पेटमा प्वाल पारेर पाइप जोडेर दिशा गर्दै आउकी साहको अस्पतालका डा.दिनेश प्रसाद कोइरालाको टिमले सफल शल्यक्रिया गरेको हो । हाल उनको पेटको प्वाल पुरिएको छ । 

भारतका यी अस्पतालले फर्काए 
उपचारका लागि आइपुगेकी सर्लाहीकी १० वर्ष अर्चना कुमार साह भारतका पाँच अस्पतालमा उपचार गर्न पुगेपछि मात्र नेपाली अस्पतालमा आएकी हुन् । साहलाई पहिला भारतको लखनउमा रहेको पी.जी.ई.अस्पतालमा जाँचको लागि लागिएको थियो । उक्त  अस्पतालमा उपचार असम्भब भनेर दिल्लीमा रहेको सर गंगाराम अस्पतालमा जान भनेको थियो ।  अर्चनाका बुवा निराश हुदै सर गंगाराम  अस्पताल  उपचारका लागि छोरीलाई लिएर गए । एका तिर सन्तानको माया त अर्काे तिर अस्पताल धाउदाको दास्तीले लखतरान भएपनि अस्पताल धाउन भने छाडेनन् । उनी सन्तानको मायाले गर्दा एक पछि अर्काे अस्पताल धाइरहे । उनले कतिपनि हारभने मानेन् । सर गंगाराम  अस्पतालमा पनि उपचार सम्भब नभए  पछि अर्चनालाई फेरी एपोलो अस्पताल, जीवन मल्ल अस्पताल र दिल्ली कै एम्स अस्पताल रिफर गरिएको  थियो ।

एम्स अस्पतालका चिकित्सकहरुले अर्चनाको उपचार भारतमा सम्भब नहुने बताएका थिए । अर्चनाका बुवाले साथिहरुबाट यो रोगको उपचार नेपालमा नै सम्भब छ भन्ने सुने पछि उनी नेपाल फर्केको सुनाउँछन् । 

छोरीको उपचारको क्रममा उनी काठमाडौँ  न्यूरो तथा जनरल अस्पताल आइपुगे र उपचार पनि सम्भव भयो । अस्पतालले बालिकाको उपचार बाल सर्जन डा. दिनेश प्रसाद कोइरालाले गर्ने पक्का भएपछि उनहिरु खुसी भएका थिए । त्यसपछि बालिकालाई अस्पतालमा भर्ना गरि शल्यक्रिया गरिएको थियो । शल्यक्रिया करिब १ हप्ताको अस्पताल बसाई पछि अहिले बालिका पूर्णरुपमा ठिक छन् । 

यस रोगको उपचारको लागि भारतमा ५ लाखसम्म लाग्ने अस्पतालले जनाएको छ । तर औषधि सहित अर्चनाको उपचार नेपालमा ७५ हजारमा नै सम्भव भएको अस्पतालले बताएको छ । 

पछिल्लो समय नेपालले पनि मेडिकल क्षेत्रमा प्रगति गर्दै आइरहेको छ । त्यसमा पनि मेडिकल क्षेत्रमा नेपाल भन्दा धेरै नै अग्रपक्तिमा रहेको भारतमा सम्भव नभएको उपचार नेपाली डाक्टरबाट नेपालमा हुनु भनेको एउटा गौरवको ठाँउ भेटिएको अस्पतालको दावी छ । सरकारी तबरबाट पनि नेपालमा भएका अस्पतालले दिने उपचार र डाक्टरहरुको बारेमा आम सर्बसाधारणमा  जानकारी दिनु अत्यन्त जरुरी रहेको अस्पतालको ठहर छ । बाल सर्जन  डा. दिनेश प्रसाद कोइराला अनुभबी सर्जनको रुपमा परिचित रहनु भएको छ । 

डा. कोइरालाले साहको तीन वटा शल्यक्रिया गर्नुपरेको जानकारी दिए । उनले भने पेटको प्वाल पारेर पाइप लगाएर दिशा निकालि रहेको अवस्थामा प्वाल पुर्न चुनौति थियो । डा. कोइरालाका अनुसार अहिले साहले मलद्धार खुलेको छ । साथै उनलाई अहिले दिशा गर्न पायपको भरपर्नुे अवस्था छैन् । उनको शरिरको नियमित काम सुरु भइसकेको पनि डा. कोइरालाले जानकारी दिए ।
 

Last modified on 2019-07-07 13:04:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts