नरदेवी आयुर्वेद अस्पतालको निर्देशकमा डा. केसीको नियुक्तिले जन्माएको आशा !


Download our app to get more features
Spark_health_home Birat Hospital

स्वास्थ्य मन्त्रालयले एघारौं तहको समायोजन अन्तर्गत रहेर नरदेवी आयुर्वेद अस्पतालको जिम्मेवारी आयुर्वेद चिकित्सक डा. प्रदीप केसीलाई दिएको छ।अक्युपञ्चर उपचार विधिमा विद्यावारिधि गर्ने पहिलो नेपाली चिकित्सक समेत रहेनु भएका डा. केसीले उक्त प्रमाण पत्र चीन स्थित थियान्चिन युनिभर्सिटी अफ ट्रेडिशनल चाईनिज मेडिसिनबाट यसै साता मात्र हासिल गर्नु भएको हो।उक्त विद्यावारिधि 'नेपालमा मस्तिष्कघातको तिव्रावस्थाका विरामीका खुट्टाका मांसपेशिको बल,चाल र कार्यलाई पुनर्स्थापना गर्नका लागि मस्तिष्कलाई पुनर्जीवित पार्ने अक्युपञ्चर उपचार विधिको प्रभाव सम्बन्धी चिकित्सकीय अध्ययन र अनुसन्धान' शीर्षकमा छ।अर्घाखाँचीमा जन्मिनु भएका डा केसिले आज सम्मका दिनमा अध्ययन र कार्यरत स्थानमा आफूलाई अब्बल सावित गर्दै आउनुभएको छ।र हाल स्वास्थ्य मन्त्रालयले आयुर्वेद उपचार पद्धतिमा आस्था र विश्वास राख्ने देश भरि कै तमाम बिरामीहरुको भरोसाको केन्द्र रहदै आएको नरदेवी अस्पतालको निर्देशक पदको महत्वपूर्ण जिम्मेवारी उहाँलाई दिदै गर्दा आफ्नो कार्य दक्षता र क्षमताका आधारमा थप योगदान गर्ने अवसर डा केसीलाई जुटेको छ।यस अवसरलाई उहाँले कसरी सदुप्रयोग गर्नु हनेछ त्यो समयले नै बताउनेछ।

 

vayoda

bp_ad

आयुर्वेद चिकित्सा पद्धति हाम्रो सभ्यता , संस्कृति एंव जीवनका परम साध्य धर्म, अर्थ,काम, मोक्ष ,संग सान्निध्य राख्ने पद्धति हो। मानव लगायत सम्पूर्ण प्राणीहरुको  स्वास्थ्यको संवर्धन एंव रोगहरुको निवारणका लागि निरन्तर प्रेरणा दिने आफू पनि बाच्ने अरुलाई पनि बचाउने शिक्षा दिने विद्या भनेको आयुर्वेद हो। आयुर्वेद चिकित्सा पद्धति प्राचीनकाल देखि नै स्वस्थ,सवल,रोगमुक्त जीवनको चिन्तन द्वारा आरोग्य स्थापनाका निमित्त स्थापित छ। त्यसकै निम्ति देश कै पुरानो नरदेवी आयुर्वेद अस्पतालको स्थापना भएको हो।तर समयक्रम संगै यस अस्पतालले सोचे जतिको गति लिन सकेको छैन।स्वास्थ्य मन्त्रालयको सिधै पहुँच नपुग्ने र विनियोजन हुने बजेट र नीति तथा कार्यक्रममा एलोपेथि अस्पतालका अघाडि सधै ओझेलमा पर्ने हुनाले पनि यस अस्पताल अझै आकर्षणको केन्द्र बन्न सकेको छैन।

अस्पताल व्यवस्थापन समितिमा हुने चरम राजनीतिक नियुक्ति जसका कारण कर्मचारी र चिकित्सक नियुक्ति गर्दा हुने राजनीतिक भागवण्डाले दिन प्रतिदिन यस्को साख घट्दै गईरहेको छ।पूर्ववत एकजना निर्देशक, घुस सहित रंगेहात पक्राउ पर्नुले पनि यस अस्पतालमा भ्रष्टचारको झालो कुन हद सम्म छ भन्ने कुरा प्रष्ट बुझ्न सकिन्छ।नयाँ नयाँ उपकण र बिरामीको सहि उपचारमा उचित ध्यान दिन सक्ने दक्ष जनशक्तिको समेत व्यव्स्थापन हुन सकेको छैन।काठमाडौंको मुटुमा अवस्थित भएर पनि,यहाँ पाइने सहज र सुलभ दरका  चिकित्सकीय सेवा बाट धेरै जनसमुदाय बेखबर छन्।जसका कारण रंगिन विज्ञापनका भरमा निजी क्लिनीकमा धाएर महङ्गो शुल्कमा आयुर्वेद सेवा लिन बिरामीहरु बाध्य छन्।

 

नरदेवी अस्पतालको जुन रुपमा विकास र विस्तार हुनु पर्ने हो त्यो कदापि हुन सकेको छैन।नरदेवी अस्पताललाई नेपालको आयुर्वेद चिकित्साको धरोहरका रुपमा विकास गर्न विषयगत अनुसन्धान तथा प्रयोगका साथै विज्ञहरुको सभामा संवाद,विचार विमर्श, संशोधन परिष्कारसहित विशिष्ट शोधग्रन्थहरुको प्रकाशन तथा वितरण संगै सामाजिक तथा संस्थागत प्रतिबद्धता सहित कार्ययोजना , आर्थिक व्यवस्थापन समेत चाहिन्छ।साथ साथै सरोकार सम्पूर्णले गुणस्तर ,व्यावसायिकता,भौगोलिक सन्तुलन र सामाजिक न्याय कायम गर्ने उद्देश्य समेत बोक्नु पर्छ।पीजी अध्ययन गर्ने राम्रो केन्द्रका रुपमा विकसित गरेर न्याम्स(वीर अस्पताल)कै अवधारणामा समेत यसलाई लैजान सकिन्छ।

चारैतिरबाट उपचारमा हार खाएपछि मात्र अन्तिम विकल्पका रुपमा आयुर्वेद चिकित्सा अपनाउन नरदेवी अस्पताल आउनेहरुलाई प्रारम्भिक अवस्थामा नै यसको महत्व बुझाउन सके उपचार पद्धति प्रभावकारी बन्नुको साथै बिरामीले समेत कष्ट व्यहोर्नु पर्दैन थियो।जण्डिस,ग्यास्ट्राइटिस ,पाइल्स,फिस्टुला, फिसर आदिले मात्र नेपाली समाजमा चिनिएको नरदेवी अस्पतालमा अथाह रोगहरुको उपचार सजिलै हर्बल तथा हर्बो मिनरल औषधि,पञ्चकर्म,अक्युपञ्चर तथा अन्य थेरापीहरुका माध्यमबाट हुने कुरा सबै जनसमुदायमा बुझाउनु पनि  जरुरी छ।

 

शरीरका विभिन्न प्रक्रियाहरु जस्तै दोष, अग्नि,धातु,मल क्रियालाई,सम अवस्थामा राखी आत्मा ,इन्द्रिय र मनको प्रसन्न राख्नु वा आफ्नो सच्चिदानन्द स्वरुपमा फर्कनु नै स्वास्थ्य हो।जसका लागि पनि आयुर्वेद अपरिहार्य छ।ऋषिमुनिहरुको शाश्वत चिन्तन र साधनाबाट मानवजातिकै आदिम सभ्यतासंगै विश्वभरि फैलिएको  सर्वप्राचीन जीवनविज्ञान वा चिकित्सा विधा आयुर्वेद, आजको आवश्यकता हो  भन्ने कुरा नकार्न सकिदैन । त्यसैले सम्पूर्ण बिरामीको मन, आयुर्वेद चिकित्सा प्रणालीबाट जित्न नरदेवी अस्पतालको समसामयिक र अपेक्षित सुदृढीकरण आवश्यक छ। साथै औषधिको माग व्यवस्थापन गर्न संघीय,प्रादेशिक र स्थानीय निकायहरुले जडिबुटी लगायत आधिकारिक स्रोतसाधनहरुको परिचालन गर्नु पर्ने जरुरी छ। नरदेवी अस्पतालको अझ विकास र विस्तारका लागि सरकारी स्तर,दातृनिकाय र आयुर्वेद सम्बद्ध सबै सरोकार वाला निकायहरु समयमै जवाफदेही हुनु पनि नितान्त जरुरी छ।

 

तर आयुर्वेद क्षेत्र भित्रकै वरिष्ठ भनाउदाहरुको पदको लुछाचुडी र राजनीतिक खिचातानीले यो अस्पताल जे छ त्यसकै वरिपरि छायामा रुमल्लिरहेछ।यसको सहि उत्थानका लागि योग्य नेतृत्वको खोजी नभएको होइन।तर छोटो अवधिमा नै निर्देशकहरु परिवर्तन हुने समस्या पनि विकराल बन्दै आईरहेको थियो।हाललाई डा केसी ज्यूलाई निर्देशकको जिम्मेवारी दिने खबरले तमाम आयुर्वेद प्रेमीहरुमा आशाको सञ्चार गराएको छ।निर्भिक,कर्तव्यनिष्ठ,ईमानदार एवं स्वच्छ छवि बनाउनुभएका डा केसी,नरदेवी आयुर्वेद अस्पतालको सर्वांगीण विकासमा कोशेढुंगा सावित हुनुहोस्।

हार्दिक शुभकामना!!

 

 

 

 

Last modified on 2019-07-10 07:22:35

samyog_advertisement Kathmandu Cancer Center alka

Leave a Comment

NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts