अमेरिकाः मृत मान्छेको गर्भाशय प्रत्यारोपण गरेर जन्माइयो शिशु



Download our app to get more features

काठमाडौं, २५ असार । अमेरिकामा मृत शरीरको गर्भाशय प्रत्यारोपणपछि एक महिलाले एक बच्चालाई जन्म दिएकी छन् ।

अमेरिकाको क्लिभल्याण्ड क्लिनिकमा मृतक महिलाको गर्भाशय जीवित महिलाको शरीरमा प्रत्यारोपणपछि डेलिभरी गरिएको छ । सन् २०१७ मा सो महिलाको शरीरमा पाठेघरको प्रत्यारोपण गरिएको थियो । पाठेघर प्रत्यारोपण गरिएको एक वर्षपछि भिट्रो फर्मेशनको माध्यमबाट उनी गर्भवती भएकी थिइन् ।

तीन वर्षपछि क्लिभल्याण्ड क्लिनिकले अमेरिकामा पहिलो गर्भाशय प्रत्यारोपणको प्रयास गरेपछि एक मृत डोनरको गर्भलाई लिन्डसे मैकफारल्याण्ड नामक महिलाको शरीरमा प्रत्यारोपण गरियो । प्रत्यारोपण पछि सन् २०१८ को अन्त्यमा उनी गर्भवति भइन् र गत जुन महिनामा उनले एक शिशुको जन्म दिएकी छन् । लिन्डसेमा गर्भाशय प्रत्यारोपणपछि उनलाई संक्रमण भएको थियो । जसले गर्दा उनको गर्भमा आईभीएफको माध्यमबाट भ्रुण राख्न चुनौती थपियो ।

पछि विभिन्न देशका विशेषज्ञ चिकित्सकहरुको समूहले अध्ययन अनुसन्धान गरेर लिन्डसेको आमा बन्ने चाहनालाई पुरा गरे । क्लिभल्याण्ड क्लिनिकले यो भन्दा पहिले ५ जना महिलामा गर्भाशय प्रत्यारोपण गरेकोमा ३ जनाको सफल भएको थियो ।

Last modified on 2019-07-11 06:59:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts