एभरेष्ट बैंकका ग्राहकलाई ब्लु क्रस अस्पतालमा छुटको व्यवस्था



Download our app to get more features

काठमाडौं, १ साउन । एभरेष्ट बैंक लिमिटेडले ग्राहकहरुलाई छुट र स्पेशल प्याकेजको व्यवस्था गर्न ब्लु क्रस अस्पतालसँग साझेदारी गरेको छ । काठमाडौंको त्रिपुरेश्वर स्थित ब्लु क्रस अस्पतालले हाल ५५ वटा वेडमार्फत सेवा प्रदान गरिरहेको छ । 

एभरेष्ट बैंक र ब्लु क्रस अस्पतालबीचको एमओयू अनुसार ग्राहकहरुले विभिन्न सेवाहरुमा आकर्षक छुट पाउँनेछन् । ग्राहकहरुले एभरेष्ट बैंकको एटिएम वा क्रेडिट कार्ड देखाएर उक्त छुट पाउन सक्नेछन् । “सर्भिस विथ स्माईल” नारा सहित एभरेष्ट बैंकले सदैव ग्राहकको लाभ र सन्तुष्टिलाई मध्येनजर गर्दै आएको छ ।

एभरेष्ट बैंकका ग्राहकहरुको संख्या १० लाख भन्दा बढी रहेको छ । 

Last modified on 2019-07-17 17:22:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts