उमेर बढ्दै जादा महिलामा यौन सम्बन्धप्रतिको रुची हुन थाल्छ कमः अध्ययन



Download our app to get more features

जसरी जसरी महिलाको उमेर बढ्न थाल्छ उनीहरुको शारीरिक सम्बन्ध प्रति उनको रुचि पनि कम हुन थाल्छ । यसको विभिन्न कारण हुन सक्छ । जस्तै पार्टनरको कमी, विधवा हुनु, रजोनिवृत्ति सँग सम्बन्धीत लक्षण, साथीको खराब स्वास्थ्य र सम्बन्धसँग सम्बन्धीत विषय । 

मेनोपजः द जर्नल अफ द नर्थ अमेरिकन मेनोपज सोसाइटी मा प्रकाशित एक अध्ययनका अनुसार नियमित रुपमा शारीरिक सम्बन्ध बनाउने महिलाको रुचि उमेरको साथ साथै कम हुन थाल्छ र महिनावारी सुकेपछि शारीरिक सम्बन्धको आनन्द लिने महिलाको संख्या झन् कम हुन थाल्छ ।

अध्ययनमा रजोनिवृत्तिपछि महिलामा यस विषयमा निरीक्षण गरियो कि कुन प्रकारले सम्बन्धमा घनिष्ठता, स्वास्थ्य र मनोवैज्ञानिक कारकले महिलामा यौन अन्तरंगतालाई प्रभावित गर्छ ।

र्थ अमेरिकन मेनोपज सोसाइटीका चिकित्सा निर्देशक स्टेफनी फ्यूबियनका अनुसार उमेर बढ्नुका साथ साथै यौन स्वास्थ्य सम्बन्धी चुनौति महिलामा सामान्य हुन्छ र साथीले पनि महिलाको यौन गतिविधि र सन्तुष्टिमा एक प्रमुख कारक निर्वाह गर्नेगर्छन् ।”

फ्यूबियनले भने, “त्यो बाहेक रजोनिवृत्ति सम्बन्धी समस्या जस्तै की शरीरको भित्रि भागमा सुक्खापन र सम्बन्ध बनाउने बेला दुखाई, त्यसको पहिचान पनि यौन गतिविधिलाई प्रभावित गर्ने कारकको रुपमा गरिएको हुन्छ । प्रभावपूर्ण चिकित्सकीय सुविधा उपलब्ध भएपछि पनि केहि महिलामा त्यो सँग सम्बन्धीत उपचार गराउछिन् ।”

अध्ययनकर्ताले गरेको अध्ययनमा कसरी र किन रजोनिवृत्तिको बेला र त्यसपछि महिलामा  शारीरिक सम्बन्धमा रुचि घट्न थालेको पत्ता लगाइएको छ । अध्ययनका लागि विभिन्न  जैविक कारकमाथि गरिएको अध्ययनमा अचानक शरीरको तापमान बढ्नु, निद्रामा कमी आउनु, शरीरको भित्रि भागमा सुक्खापन र शारीरिक शारीरिक सम्बन्ध बनाउने बेला दुखाई हुन्छ ।

अध्ययनमा यो पनि खुलाइएको छ की, विभिन्न मनोसामाजिक परिवर्तनको बारेमा धेरैलाई थाहा हुँदै र रजोनिवृत्तिपछि यो हुनु सामान्य हुन्छ । यसमा शरीरको बनावटलाई लिएर  अधिक सचेत हुनु, आत्मविश्वास र कथित वाञ्छनीयता, तनाव, मूडमा परिवर्तन र सम्बन्धसँग जुडेको कुरा हुन्छ ।

ब्रिटेनको ओवेरियन क्यान्सर ट्रायलको परीक्षणमा सहभागि रजोनिवृत्तिपछि महिलाको तथ्यांक र निष्कर्सबाट पत्ता लाग्यो की वार्षिक स्क्रीनिंगको सुरु हुनुभन्दा पहिले नै आधी जति महिला यौन सम्बन्ध गतिविधिमा सक्रिय थियो । समयको साथ साथै ती महिलाको शारीरिक गतिविधिमा रुची कम भेटियो ।
 

Last modified on 2019-07-20 16:36:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts