यौन जीवन राम्रो बनाउनका लागि नियमित ध्यान गर्नुहोस्...



Download our app to get more features

के तपाईलाई थाहा छ ? नियमित ध्यान गरे गुमेको सेक्स उर्जा पनि प्राप्त गर्न सकिन्छ । शायद थाहा नहुनसक्छ होला । यदि यौन उतेजनामा पनि समस्या छ भने ध्यान गरेर सुधार ल्याउन सकिन्छ । 

युनिर्भसिटि अफ ब्रिटिश कोलम्बिया सेक्सुअल ल्बोरेटरी एण्ड बेटर सेक्स थ्रो माइन्डफुलनेशका अनुसार सेक्स जीवनलाई उत्कृष्ट बनाउन चाहनुहुन्छ भने ध्यान र योगको सहारा लिनैपर्ने हुन्छ । यौन चाहना नहुनु, शीघ्रस्खलन जस्ता समस्या छ भने ध्यान एउटा उपयुक्त माध्यम हुन सक्छ । कयौं मानिसहरु यौन सम्पर्क गर्दा नर्वस हुने गर्छन । 

त्यसैले यी समस्याहरुबाट छुट्कारा पाउन ध्यानले कसरी सेक्स जीवनमा फाइदा पु¥याउँछ भन्ने कुरा जान्न जरुरी छ । 

आफु हुनुको महसुस गराउने 
नियमित ध्यान गर्नाले आफुलाई माया गर्न सिकाउँछ । कुनै पनि सम्बन्धलाई बलियो बनाउनुका साथ–साथै एक–आपसमा माया बढाउन सबैभन्दा पहिले आफुलाई माया गर्न जरुरी छ । आफुलाई माया गरे मात्र आफुमाथि ध्यान जान्छ । यसले हाम्रो शरीर स्वस्थ रहनुका साथै सेक्स पार्टनरलाई पनि सन्तुष्ट राख्न सकिन्छ । 

स्थिर रहन सिकाउँछ 
ध्यानले मानिसलाई स्थिर रहन सिकाउँछ । र सेक्स जीवनका लागि यो निकै महत्वपूर्ण मानिन्छ । जीवनमा आएका केही समस्याका कारण हाम्रो दिमाग स्थिर रहदैन, कतै न कतै भटकिरहन्छ । जसकारण यौन सम्पर्क गर्ने बेलामा हामी कमजोर बनिरहेका हुन्छौं । त्यसैले नियमित ध्यान गर्दा दिमाग एकाग्र हुन मद्दत पुग्नुका साथै यौन जीवनलाई पनि सफल बनाउन सकिन्छ । 

स्वास लिन सिकाउँछ 
सेक्स सम्बन्धलाई शारीरिक अभ्यास पनि भनिन्छ । सेक्स गर्दा स्वासको गति पनि एकदमै तिब्र हुन्छ । यदि त्यतिबेला हामी सक्रिय छैनौं भने तुरुन्तै थाक्ने गर्छौं । तर ध्यानले स्वास लिन सिकाउँछ, जसले गर्दा सेक्सका बेला स्वास माथि नियन्त्रण हुनुलाई निकै महत्वपूर्ण मानिन्छ । 

महसुस गर्न सिकाउँछ  
ध्यानले आफ्नो सेक्स पार्टनरको भावनालाई महसुस गर्न सिकाउँछ । जुन बेला तपाईको सेक्स पार्टनरले साथ दिदैन त्यतिबेला अनेकौं किसिमका नकारात्मक सोंच उब्जिन सक्छ । तर शारीरिक सुख मात्रै पर्याप्त होइन, मानसिक सुख पनि निकै जरुरी छ भन्ने कुरा ध्यानले सिकाउँछ । ध्यानले दिमागबाट नभई दिलसँग जोड्न मद्दत पु¥याउँछ । 

तनावबाट बचाउँछ  
तनाव सेक्स जीवनको सबैभन्दा ठुलो शत्रु हो । तनावका कारण सेक्ससंग सम्बन्धित अनेकौं समस्या पनि हुन सक्छ । तनावकै कारण सेक्सका लागि रुचि लाग्दैन । त्यसैले मानिसलाई तनावबाट मुक्त रहन ध्यानको आवशयकता छ । यदि तपाईको सेक्स जीवन ठिक छैन भने आफ्नो दैनिक जीवनमा ध्यानलाई पनि एउटा पाटो बनाउन सक्नुपर्दछ ।  

 

(एजेन्सीको सहयोगमा)

Last modified on 2019-07-28 06:18:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts