आफ्नै तीन साथिले तनाव दिएको डाक्टरको सुसाइड नोट 



Download our app to get more features

काडमाडौं ११ साउन । मे २२ मा आत्माहत्या गरेकी बीवाईएल नायर अस्पतालकी २६ वर्षे पायल टाड्वीको सुसाइड नोट सार्वजनिक  गरिएको छ । 
विहीबार मुम्बई प्रहरीले उक्त नोट सार्वजनिक गरेको हो । 

टाड्वीले आफूसँगै अध्ययनरत तीन चिकित्सक विद्यार्थीले दिएको मानसिक यातना, अपमान र दुरव्यवहार आत्महत्याको कारण रहेको  नोटमा लेखेकि छिन् । उनको तीन पन्नाको सुसाइड नोटमा हेमा अहुजा, भक्ति मेहर र अंकिता खण्डेवला आत्महत्याको लागि जिम्मेवार रहेका भन्दै गम्भीर आरोप लगाइएको छ ।

उक्त नोटमा उल्लेख छ‘मेरो र स्नेहाल सिन्दे(अर्की सहपाठी विद्यार्थी)को अवस्थाको लागि हेमा अहुजा, भक्ति मेहरे र अंकिता खण्डेलवालाई जिम्मेबार ठह¥याउँछु ।’ 

सीमान्तकृत समुदायकी ताड्वीको आत्महत्याले भारतीय चिकित्सिा क्षेत्र र भारतको ‘सेक्लुडेड कास्ट–सेक्लुडेड ट्राइब’ समुदायलाई स्तब्ध बनाएको थियो । 
उनी महाराष्ट्रको सेक्लुडेड ट्राइबमा सूचीकृत ‘ताड्वी–भिल’ समुदायकी हुन् ।

ताड्वीको आत्महत्याको एक हप्तापछि नै उनको सुसाइड नोटमा उल्लेखित तीन महिलालाई नै प्रहरीले पक्राउ गरेको थियो ।  ताड्वीले यातनाबाट छुटकारा पाउनको लागि आफ्नो विभागबाट कुनै किसिमको सहयोग नपाएको उल्लेख गरेकि छिन् । 

आमा–बुवालाई सम्बोधन गरिएको सुसाइड नोटमा लेखिएको छ, ‘म यस संस्थानमा ज्ञान आर्जनको आसा लिएर आएकी थिएँ । तर सुरुदेखि नै केही मानिसले हामीलाई दुर्व्यवहार गर्न थाले । यसबारेमा म र स्नेहालले पहिला नै कसैलाई केही भनेनौँ । तर यातना सहन नसक्ने स्तरमा बढेर गयो । मैले यातनाविरुद्ध कदम चाले तर त्यसले पनि कुनै परिणाम ल्याउन सकेन ।’ 

‘मैले आफ्नो व्यक्तिगत जीवन, व्यवसायिक जीवन र सबै गुमाएको छु किनकि ती तीनले आफूहरु यस अस्पतालमा रहेसम्म मलाई पढ्न लेख्न नदिने कसम खाएको सुनाएका छन् ,’ ताड्वीको नोटमा लेखिएको छ ।  

उनले  ती तीनै जनाले आफूलाई पढ्नमा मात्र नभइ चिकित्सकीय अभ्यासमा समेत अवरोध पु¥याएको उल्लेख गरेकि छिन् । 
यस्ता व्यवहारबाट आफू मानसिक रुपमा प्रताडित रहेको ताड्वीले नोटमा लेखेकि छिन् । 

‘मैले तिनको दुर्व्यवहारबारे म्याडमहरुसँग पनि कुरा राखेका छु तर त्यसले केही भएन । म अब सबै कुराको अन्त्यमा मात्र निकास देखिरहेको छु,’ नोटमा उल्लेख छ ।

प्रहरीले तयार पारेको अभियोगपत्रमा ताड्वीको सुसाइड नोटमा नाम उल्लेख भएको सिन्देको समेत वयान छ ।  ताड्वीले आत्महत्या गर्नु अघिल्लो दिन ती तीन युवतीले उनको अपमान गरेका सिन्देको भनाइ छ । 
बम्बई उच्च अदालतले जुलाई ३० मा ती तीन जनाको जमानतमाथि सुनुवाई गर्दैछ । उनीहरुमाथि आत्महत्या गर्न दुरुत्साहित गरेको आरोप लगाइएको छ ।

एजेन्सी

Last modified on 2019-07-27 17:29:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts