मानुुषीका ६० उद्यमीहरुको नेपाल मेडिसिटीद्वारा स्त्री तथा प्रसुति सम्बन्धी जाँच



Download our app to get more features

ललितपुर, १३ साउन । नेपाल मेडिसिटी अस्पतालको स्वास्थ्य टोलीले मानुषी प्रा.लिका ६० महिलाहरुको स्त्रिी तथा प्रसुति सम्बन्धी जाँच गरेको छ । 

मानुुषी तथा नेपाल मेडिसिटी अस्पतालको संयुक्त पहलमा निःशुुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । 

चावहिल स्थित कारखानामा आयोजित शिविरमा महिलाहरुले चिकित्सहरुसँग उत्साहका साथ परामर्श गराएका थिए । मेडिसिटी अस्पतालका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. सुनिता विश्वकर्मा, मेडिकल अफिसर डा. मनिषा झाको नेतृत्वमा ६० उत्पादकहरुको स्वास्थ्य जाँच गरिएको हो । 

अधिकांश महिलाहरुको स्वास्थ्य स्थिती सामान्य देखिएको र केहिको भने समस्या देखिएको चिकित्सकले बताए । महिनावारी गडबड, प्रेसर र सुगर सम्बन्धी सामान्य असन्तुलन धेरै महिलाहरुमा देखिएको छ । असामान्य अवस्थामा रहेका सहभागीहरुलाई भने उपचारका लागि नेपाल मेडिसिटी अस्पतालमा उपचार गरिनेछ । 

मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालले सृजनशिल तथा हस्तकला क्षेत्रमा काम गर्ने महिलाहरुको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आएकाले अस्पतालले शिविर आयोजना गरेको बताए । 

मानुुषीका अध्यक्ष पद्माशना शाक्यले दिनहुु कामकाजमा खटिने महिलाहरुले आफ्नो भन्दापनि परिवारको ख्यालमाध्यानदिने भएकाले आफ्नो स्वास्थ्य स्थितीबारे सचेत रहुन भन्ने उदेश्यले यो शिविरको आयोजना गरिएको बताइन् । 
 

Last modified on 2019-07-30 13:14:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts