निजी मेडिकल कलेजलाई अनुमति दिने न्यायाधीश विरुद्ध भ्रष्टाचार मुद्दा


Download our app to get more features
Spark_health_home Birat Hospital

भारत, १६ साउन । निजी मेडिकल कलेजको विद्यार्थी भर्नाका विषयमा भारतमा एक जना उच्च अदालतका न्यायाधीशविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिने भएको छ ।

न्यायिक विचलनको आरोप लागेका भारतको इलाहाबाद हाइकोर्टका न्यायाधीश एसएन शुक्लाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्न प्रधानन्यायाधीश रञ्जन गोगोईले अनुमति दिएका हुन् । 

vayoda

bp_ad

शुक्ला उनीविरुद्ध भ्रष्टाचार निरोधक अधिनियम अनुसार एफआइआर (आरोपपत्र) सिबिआईले दर्ता गर्ने जनाइएको छ । 

न्यायिक अभियोग छानबिन हुँदा शुक्लाले लखनउको एक मेडिकल कलेजको प्रवेश परीक्षा लिन अनुमित दिनु भनी गरेको आदेशमा उनले आर्थिक प्रलोभनमा परी हातले सच्चाएको पाइएको थियो । 

गत मंगलवार आएको पत्रको जवाफ एक सातापछि दिँदै गोगोईले न्यायाधीश शुक्लाविरुद्ध जाँच र अनुसन्धान गरी जाहेरी दर्ता गर्न अनुमति दिएका हुन् ।

न्यायाधीशमाथि मेडिकल कलेजसँग घुस लिएको आरोपसँगै हाईकोर्टका अर्का पूर्वन्यायाधीश आइएम कुद्दुसी पनि विवादमा आएका थिए । उनीमाथि पनि उक्त प्रकरणमा संलग्न भएको आरोप लागेको थियो । 

Last modified on 2019-08-02 07:38:55

samyog_advertisement Kathmandu Cancer Center alka

Leave a Comment

NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts