ओम समाज डेन्टलले नि:शुल्क प्राथमिक उपचार तालिम दिदैं



Download our app to get more features

काठमाडौं, १७ साउन । ओम समाज डेन्टलले नि:शुल्क प्राथमिक उपचार तालिम दिने भएको छ । अस्पतालले साउन २४ गते एक दिने तालिम एसियन भिलेज फुड ल्याण्ड एण्ड पार्टी प्यालेस सुकेधारामा गर्ने भएको हो ।

'राष्ट्रको लागि योगदान' भन्ने मुल नारा लिएर युएईका सामाजिक अभियन्ता ओमप्रसाद उप्रेतीको प्रत्यक्ष प्रशिक्षणमा डिस्कभरी रोयल स्पोट्र्स प्रा लि, ओम समाज डेन्टल हस्पिटल तथा विराज समाजको सयुक्त आयोजना निशुल्क प्राथमिक उपचार तालिम हुने भएको हो ।

यस अघि अस्पतालले निशुल्क प्रथामिक उपचार तालिम कार्यक्रम आफ्नै शभाहलमा सम्पन्न गरिसकेको छ । तालिम उपयोगी भयकोले धरै भन्दा धेरै सहभागी गराउने उदेश्य का साथ फेरी दोस्रो पटक निशुल्क प्राथामिक उपचार तालिमको आयोजना गरिएको अस्पतालले जनाएको छ ।

तालिम लिन इच्छुकले सिट सिमित भयकोले नाम दर्ता का लागि ओम समाज डेन्टल हस्पिटल को कार्यालयमा सम्पर्क राख्न सक्ने छन् ।

तालिम २४ साउन शुक्रबार विहान १० बजे देखि सुरु हुनेछ ।

Last modified on 2019-08-02 16:13:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts