कसरी लाग्छ मुटुरोग ? 

स्वच्छ वातावरणमा लामो–लामो सास फेर्न जरुरी



Download our app to get more features


काठमाडौं, १८ साउन । विश्वमा मृत्युको मूख्य कारणमध्ये हृदयघात पनि एक रहेको चिकित्सहरु बताउँछन् ।

 हृदयघात जसलाई जतिबेला पनि हुनसक्छ । र, यसको सबैभन्दा बढी जोखिममा मुटु रोगले ग्रसित व्यक्तिहरु हुन सक्छन् ।

मुटुरोग लाग्ने विभिन्न कारण छन् । जसमध्ये अस्वस्थ्यकर जीवनशैली र तनाव पनि एक हो ।  

पछिल्लो समय मुटु रोगी बढ्नुमा यही कारण मूख्य मानिएको छ । भविष्यको तनाव, पैसाको तनाव, प्रतिष्ठाको तनावलगायतको घेराबन्दीमा परेको समाजमा मुटु रोगी बढ्दो छ ।

अझै तनाव कम गर्ने वाहानामा मद्यपान, धुमपान, निद्रा लाग्ने औषधी सेवन गर्ने गरिएको छ । यसले मुटुलाई प्रत्यक्ष रुपमा असर गर्छ ।

मुटु रोगको जोखिम कम गर्नका लागि पनि सबैभन्दा पहिले आफ्नो स्वास्थ्य प्रति सर्तकता अपनाउनै पर्ने बताउँछन्, मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला ।  साथै, मुटुको रोगको लक्षणबारे जानकारी लिएर पनि मुटु रोगको जोखिम कम गर्न सकिने उनले बताए ।

यस्ता छन्, मुटु रोगका लक्षण

–हृदयाघात भएमा वा मुटुको धमनीमा अवरोध खडा भएमा छाती दुख्नुका साथै छातीमा दवाव महसुस हुने गर्छ ।

–शरीरबाट अनायासै पसिना बग्नु पनि मुटु रोगको प्रमुख लक्षण हो । कुनै व्यक्तिलाई मुटु सम्बन्धि समस्या भएमा विना शरीरीक परिश्रम पनि शरीरबाट पसिना निस्कने गर्दछ ।

–खुट्टा तथा पैताला सुन्निनु भनेकै मुटुमा रगतको सञ्चार सही तरीकाले नहुनु हो । र, मुटुमा रक्तसञ्चार सही तरीकाले नहुनु भनेकै मुटु रोगको संकेत हो ।

–मुटु सम्बन्धि कुनै रोग लागेमा सुरुवाती चरणमा व्यक्तिलाई वाकवाकी लाग्ने, छाती दुख्ने तथा पोल्ने, पेट पोल्ने तथा पाचन प्रक्रिया सम्बन्धि समस्या हुने गर्छ ।

–मुटु रोग लागेमा रुघाखोकीले लामो समय सताउनुका साथै थुक सेतो वा गुलावी हुन गर्छ । जुन हृदयाघातको एउटा लक्षण हो ।

–सास लिनमा कठिनाई महसुस हुनु वा कम सास फेर्नु पनि हृदयाघातको प्रमुख लक्षण हो ।
–मुटुमा कुनै समस्या भएमा मुटुका रोगीहरुलाई छाती तथा काँधमा पिडा हुने गर्छ । र, यो दुखाई क्रमश हाततिर सर्दै जान्छ ।

– धेरै पटक चक्कर आउनु तथा टाउको घुम्नु, बेहोस हुनु तथा थकान महसुस हुनु पनि मुटु रोगको संकेत हुनसक्दछ ।

कसरी बच्ने ? 

चिकित्सकका अनुसार मुटुमा अक्सिजनको प्रवाह राम्ररी नभएमा पनि मुटु सम्बन्धि रोग लाग्ने गर्छ । त्यसैले मुटुमा कुनै अवरोध आउन नदिन तथा मुटुको धमनीलाई स्वस्थ तथा खुला राख्नका लागि पनि  स्वच्छ वातावरणमा लामो–लामो सास फेर्न जरुरी छ । यसले पनि मुटुलाई स्वस्थ राख्न सहायता दिन्छ ।

डा. कोइरालाका अनुसार मुटु रोग लाग्ने प्रमुख कारण चाहिँ तनाव नै हो । यसकारण, मुटु रोग लाग्नबाट बच्नका लागि सबैभन्दा पहिले तनाव कम गर्न जरुरी रहेको डा. कोइरालाले बताए ।

त्यस्तै, नियमित व्यायाम तथा चिकित्सकको सल्लाहमा मुटु सम्बन्धि व्यायम गरेर समेत मुटु सम्बन्धि रोग लाग्नबाट बच्न सकिन्छ ।

Last modified on 2019-08-05 16:56:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts