गर्भावस्थामा औषधि सेवन गर्ने तरिका ....



Download our app to get more features

गर्भवती महिलाले आमा र बच्चाको स्वास्थ्यका लागि विशेष ध्यान दिनुपर्ने हुन्छ । खाने, बस्ने, हिँड्नेदेखि धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । यस्ता कुरामा ध्यान नदिए आमा र बच्चा दुवैलाई खतरा हुन्छ । गर्भवती महिलाले औषधि सेवन गर्दा पनि ध्यान दिनुपर्छ ।

जथाभावी औषधि सेवन गर्दा आमा र बच्चा दुवैलाई खतरा हुन्छ । गर्भवती महिलाले औषधि सेवन गर्दा चिकित्सकको सल्लाहमा मात्र गर्नुपर्दछ । गर्भवती महिलाले स्वास्थ्यमा कुनै पनि समस्या देखिए चिकित्सकको सल्लाहविना औषधि खाने बानीलाई त्याग्नुपर्छ । जसको कारण आमाका लागि मात्र नभएर गर्भमा भएको बच्चालाई समेत गम्भीर असर पुग्न सक्छ । गलत औषधिको प्रयोगले गर्भपतन हुने सम्भावना रहन्छ ।

कस्ता समस्या हुन्छन् ?

♦ बच्चाको शरीर अंगभंग हुुने 

♦ बच्चाको मानसिक विकास नहुने 

♦ बच्चाको दाँतमा समस्या हुने

♦ बच्चाको मुटुको राम्रो विकास नहुने 

♦ मुटुमा प्वाल पर्ने

♦ जथाभावी औषधि सेवनले बच्चाको दिमागको राम्रो विकास नहुने 

♦ बच्चाको मुखको विकास नहुने 

♦ बच्चको तालुमा प्वाल पर्ने

♦ हाडजोर्नीको विकास नहुने 

♦ शिशु लाटो हुने, कान नसुन्ने

♦ आँखा नदेख्नेजस्ता समस्या हुन्छ

यस्ता औषधि खतरनाक हुन्छन् 

♦ छारेरोगमा प्रयोग हुने औषधि

♦ क्यान्सरमा प्रयोग हुने औषधि

♦ सकेसम्म गर्भावस्थामा औषधिको प्रयोग गर्नु हुँदैन

Last modified on 2019-08-07 11:54:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts