कर्डिएक अरेस्टका कारण भारतकी पूर्व विदेशमन्त्री स्वराजको निधन, आज अन्त्येष्ठि गरिने



Download our app to get more features

काठमाडौं, २२ साउन । भारतकी पूर्व विदेशमन्त्री तथा भारतीय जनता पार्टीकी वरिष्ठ नेतृ सुषमा स्वराजको निधन भएको छ । 

६७ वर्षकी स्वराजको मङ्गलवार दिल्लीस्थित एम्स अस्पतामा निधन भएको अस्पताल स्रोतले जनाएको छ । 

मुटुमा समस्या भएलगतै उनलाई मंगलबार साँझ अस्पताल भर्ना गरिएको थियो । स्वराजको निधन कार्डिएक अरेस्टका कारण भएको अस्पताल स्रोतले जारी गरेको पत्रमा उल्लेख छ ।

समयमै अस्पताल लगिए पनि बचाउन नसकिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्  ।

कार्डिएक अरेस्ट भएपछि मानिसको मुटुमा इलेक्ट्रोनिक गडबडी हुने र त्यसै कारण मुटुको धड्कनको तालमेल बिग्रिने चिकित्सकहरू बताउँछन् ।

उनको अन्तिम संस्कार आज दिल्लीमा राजकीय सम्मानका साथ गरिने छ ।

स्वराजको निधनपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमा सन्देश लेख्दै स्वराजप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । यस्तै गृहमन्त्री अमित शाह, कांग्रेस आईकी सोनिया गान्धी, राहुल गान्धी, लगायत अन्य नेताहरुले पनि श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

Last modified on 2019-08-08 06:13:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts