ओम समाज डेन्टलमा एभरेस्ट बैंकका ग्राहकलाई विशेष छुट



Download our app to get more features

 

काठमाडौं, २३ साउन । ओम समाज डेन्टल अस्पताल र एभरेस्ट बैंक बीच दन्त रोगको उपचारमा छुट सम्वन्धि सम्झौता भएको छ । बैंकको प्रधान कार्यालय लाजिम्पाटमा बुधबार सम्पन्न भएको बैठकमा सम्झौता भएको हो ।  

बैंकको तर्फ बाट केशवराज पौडेल  र ओम समाज डेन्टल अस्पतालका अध्यक्ष तथा वरिष्ठ दन्तरोग विशेषज्ञ डा.सुभाष घिमिरेले सम्झौतामा हस्ताक्षर गरेका छन् । 

सम्झौता बमोजिम एभरेस्ट बैंक कर्मचारी, कार्ड वाहक तथा ग्राहकलाई ओम समाज डेन्टलमा दन्त रोगको उपचारमा विशेष छुटको व्यबस्था गरिएको छ । उक्त कार्यक्रममा बैंक ा तर्फ बाट पुष्प राज उप्रेती,प्रभात गुरागाई लगायतका र  ओम समाज डेन्टलका तर्फ बाट प्रसासन प्रमुख अजय रेग्मीको उपस्थिति रहेको थियो ।
 

Last modified on 2019-08-09 09:21:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts