के हो घुँडा खिइने कारण?



Download our app to get more features

काठमाडौं, २४ साउन । घुँडा ‘मोडिफाइड हिन्ज भेराइटी अफ साइनोभिएल ज्वाइन्ट’ अन्तर्गत पर्दछ । अर्थात विशेगरी घुँडा दुइ वटा हाडले बनेको हुन्छ । फिमर (तिघ्राको हाड ) र टिविया (खुट्टाको हाड) ।  पटेल्ला (घुँडाको पाङग्रा) घुँडाको अगाडीतिर रहेको हुन्छ र यसले पटेल्लो फेमोरल नामक जोर्नी बनाउँछ ।

घुँडाको जोर्नीभित्र साइनोभिएल फ्लुइड नामक तरल पदार्थ हुन्छ, जसले हाड भित्रको घर्षणलाइ कम गर्दछ । साथै जोर्नीलाई पोषण पनि प्रदान गर्दछ । जेर्नी बनाउँन संग्लन रहेका हाडहरु, कुर्कुरे हाड (कार्टिलेज) ले छोपिएको हुन्छन, जसले हाडबीचको घर्षण कम गर्दछ र जोर्नीलाई लचिलो बनाउँदछ । जोर्नी भित्र यस्ता अन्य धेरै बनावटहरु हुन्छन्, जसले जोर्नी भित्र घर्षण कम गर्ने र जोर्नीलाई पोषण दिने काम गर्दछ । 

के हो घुँडा खिइनु ?
घुडा खिइनु एउटा प्राकृतिक प्रक्रिया हो । जुन विभिन्न कारणले गर्दा तिब्र हुन्छ र यसले विभिन्न किसिमका समस्याहरु निम्त्याउँछ ।

घुँडा खिइने कारणहरु

अव्यवस्थीत खानपानचोट पटक वा हड्डी भाँचिनु
पोषणयुक्त खानपानको अभाव
हड्डीको रोग

घुँडा खिइने लक्ष्यणहरु 

घुँडा दुख्नु
घुँडा सुन्निनु
घुँडा बाँङगो देखिनु
घुँडा मारेर वा खुम्च्याएर बस्न गार्ह्रो हुनु
भुइबाट उट्न गार्ह्रो हुनु
सिँढी चढन गार्ह्रो हुनु आदि

घुँडा खिइनुको रोकथामको उपायहरु

पौष्टिक आहार खाने
घुँडालाई असर पर्ने क्रियाकलापहरु नगर्ने
घुँडा मारेर धेरै बेर नबस्ने
अनावश्यक रुपमा सिँढी तल माथी नगर्ने
घुँडालाई चोटपटक देखि जोगाउने
नियमित रुपमा ब्यायाम गर्ने । व्यायामहरु विभिन्न किसिमका हुन्छन, जसको नियमित अभ्यासले घुँडाका समस्या देखि बच्न सकिन्छ ।

घुँडा खिइएकोमा उपचार

फिजियोथेरापी
औषधि सेवन
शल्यक्रिया
 

Last modified on 2019-08-09 10:33:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts