कब्जियतको समस्याले सतायो ? यसो गर्नुहोस्...



Download our app to get more features

कब्जियतको समस्या धेरै व्यक्तिले भोगिरहेका हुन्छन् । त्यसो त कब्जियत आफैमा कुनै रोग होइन । यो विभिन्न रोगका लक्षण हुन सक्छ । पाचन प्रणालीमा आउने समस्या नै कब्जियत हो ।

कब्जियतकै कारणले विभिन्न रोग निम्त्याउने पनि सक्छ । तर खानपान र जीवनशैलीमा ध्यान दिने हो भने कब्जियतको समस्याबाट टाढै रहन सकिन्छ । 

कब्जियत हुने कारण 

– शरीरमा पानीको मात्रा कम हुँदा कब्जियत हुन्छ । स्वस्थ व्यक्तिको दिसामा लगभग ७५ प्रतिशत पानी हुन्छ । एकपटकमा लगभग दुईसय मिलिलिटर पानी दिसासँगै जान्छ । तर शरीरमा पानी नै कम भए कब्जियत हुन्छ । 

- आन्द्रमा अत्याधिक पानी सोसिँदा पनि कब्जियत हुन्छ । यस्तै आन्द्राको चल्ने गति नै कम हुँदा पनि कब्जियतको समस्या हुन्छ । 

- खाना खाने समय बेमेल हुँदा पनि कब्जियत हुनसक्छ । हरेक दिन  एकै समयमा मिलाएर खानु राम्रो हुन्छ ।

- नियमित व्यायाम नगर्ने व्यक्तिमा पनि कब्जियतको समस्या हुन्छ । मानसिक रुपमा तनाव र चिन्ता लिने व्यक्ति पनि कब्जियतको सिकार बनेको पाइन्छ । 

- तनावले पाचक्रियामा असर पुर्याएर गराउँछ । 

-  कतिपय व्यक्तिले दिसा लाग्दा पनि ट्वाइलेट नजाने तथा दिसा गर्ने नियमति बानी नबसेका हुन्छन् । दिसा निष्काशन हुने इच्छालाइ दबाउँदा पनि कब्जियत हुन्छ । 

- आन्द्रा तथा मलद्धारमा समस्या भए पनि कब्जियत हुनसक्छ । यस्ते नसासम्बन्धि विभिन्न समस्या जस्तै पक्षघात प्यारालाइसिस, मष्तिष्कघात भएका तथा धेरै औषधि सेवन गर्नेलाइ पनि कब्जियत हुन्छ । 

समाधान

- खानपान र जीवनशैली  व्यवस्थित बनाए कब्जियतको समस्या आउनै सक्दैन भने समस्याको समाधान गर्न पनि सकिन्छ । नियमति व्यायाम गर्नु पहिलो जिम्मेवारी हुनेछ ।

- व्यायामले आन्द्राको गतिविधि बढाउने  र मांसपेशी क्रियाशिल राख्ने काम गर्छ। विभिन्न खालका योग पनि कब्जियतका रोगीलाइ उपयाेगी हुन्छन् ।

- बिहान  खाली पेटमा घिउकुमारीको पातको गुदी २० ग्राम सेवन गर्नाले पनि कब्जियतमा फाइदा गर्छ ।

- प्रत्येक दिन फाइबरयुक्त खाना २०–३५ ग्राम सेवन गरेमा दिसालाइ नरम बाउन मद्धत  गर्छ । चोक्कर, आटा, ब्राउन राइस, जौ, गेडागुडी अन्न, छोकडा, किसमिस, ओखर, बदामजस्ता फल सबै किसिमका फलफूल तथा हरियो तरकारी र सागपातमा फाइबरको मात्रा बढी हुन्छ । 

- कब्जियतको समस्या भोग्नेहरुले पानी प्रशस्त पिउनुपर्छ । बिहान उठ्नेवित्तकै पानी पिउनाले ग्यास्ट्रोकोलिक रिफ लेक्स उत्तेजित गर्छ । दिनमा ६–८ गिलास पानी पिउनु पर्छ । मध्यपान र ध्रमपानबाट टाढा रहनुपर्छ ।                             

Last modified on 2019-08-10 13:29:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts