हप्तामा एक दिन भोकै बस्नुको यस्तो फाइदा



Download our app to get more features

सधैं खानेकुरा खानु मात्रै  पनि स्वास्थ्यको लागि राम्रो हुँदैन । कहिलेकाही भोको बस्दा शरीरलाई फाइदा पुग्ने चिकित्सकहरु बताउँछन् । 

यसकारण हप्तामा एक दिन हामी भोकै बस्न सक्छौं । उपयुक्त समय निकालेर एकदिन भोको पेट बस्दा शरीरको आन्तरिक शुद्धिकरण हुन्छ ।

चिकित्सकहरुकाअनुसार  यस्तो गरेमा शरीरमा रहेको विषाक्त तत्व बाहिर निस्किएर शरीर स्वस्थ्य हुन्छ । 

यस्ता छन् फाइदा
पेटको रोगबाट मुक्ति

हामीलाई कुनै न कुनै किसिमको पेटको रोगले सताएको हुन्छ ।  सधैं खाना खाएमा वा चिल्लो, अमिलोले पेट फुलिन्छ । अपच हुन्छ ।

धेरै खानेकुरा खाएमा पखला समेत लाग्छ । खाना नखाएमा ग्याष्ट्रिकले सताउन थाल्छ ।

तर, हप्तामा एकपटक भोकै बस्दा अपच, ग्याष्ट्रिक, कब्जियत, पखला, एसिडिटी, जलन आदिको समस्याबाट मुक्ती पाइन्छ ।

उच्च रक्तचाप र कोलेस्ट्रोलमा फाइदा

हप्तामा एक दिन खालिपेट बस्दा अधिकांश दीर्घ रोगमा पनि लाभ मिल्छ । खासगरी उच्च रक्तचाप नियन्त्रणमा सघाउ पुग्छ । यसका साथै कोलेस्ट्रोलको स्तर पनि घट्छ ।

मुटुलाई फाइदा

हप्तामा एक दिन भोकै बस्दा मुटुको समस्यामा पनि लाभ पुग्ने चिकित्सकहरु बताउँछन् । किनिकि  बस्दा कोलेस्ट्रोलको स्तर घट्छ । कोलेस्ट्रोल नै हृदय रोगको जड हो ।

Last modified on 2019-08-10 17:17:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts