बच्चालाई कामज्वरो आउँदा ध्यान दिनुस् यी कुरामा...



Download our app to get more features

जन्मदेखि ५ वर्षसम्म्का बालबालिकालाई कहिलेकाहीँ कामज्वरो आउने गर्दछ । त्यस्तो वेला अभिभावकहरु आत्तिने गरेको पाइन्छ । अभिभावक आत्तिँदा बच्चामा झनै समस्या हुने गरेको पाइएकाले नआत्तिई बच्चालाई सुरक्षित राख्न डा.विश्वबन्धु बगालेको सुझाव यस्तो छ :

कामज्वरोका लक्षण

♦ आँखामाथि फर्काउने 

♦ हातगोडामा कम्पन हुने 

♦ जिउ नै अररो हुने 

♦ मुखबाट फिँज निकाल्ने

♦ दिसापिसाब छोड्ने

अभिभावकले के गर्ने

♦ बच्चालाई दायाँ वा बायाँ कोल्टे फर्काएर राख्ने

♦ जतिसक्दो चाँडो नजिकैको अस्पताल लैजाने 

♦ ज्वरो धेरै नै छ भने पानीपट्टी लगाउने

♦ अभिभावक आत्तिएमा बच्चा लड्ने तथा खाटबाट खसेर चोटपटक लाग्ने सम्भावना हुन्छ ।

♦ बच्चालाई उत्तानो पारेर राख्दा थुक वा अरु केही सर्किने सम्भावना हुन्छ, जुन अत्यन्तै खतरनाक हुन्छ ।

♦ बच्चाको मुखमा केही नघुसार्ने, औँला घुसार्दा औँला टोकिने सम्भावना हुन्छ अनि अरु केही चिज राख्दा दाँत भाँचिने सम्भावना हुन्छ ।

भविष्यमा जोगाउन ?

♦ यो रोगको रोकथाम विधि भनेको ज्वरो आउै नदिनु हो, जुन सम्भव छैन । त्यहि भएर ज्वरो आउाँदा यस्तो लक्षण देखिएमा बढी सजगता अपनाउनु नै यसको रोकथाम हो ।

♦ घरमा अनिवार्य ज्वरो नाप्ने यन्त्र र सिटामोल राख्ने ।

♦ ज्वरो आएमा तत्काल पारासिटामोल दिइहाल्ने ।

♦ बच्चालाई गुम्स्याएर नराख्ने ।

♦ ज्वरो धेरै नै छ भने पानीपट्टी लगाउने ।

Last modified on 2019-08-12 06:55:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts