क्वाँटी खाँदै हुनुहुन्छ ? यस्ता छन् फाइदा...



Download our app to get more features

जनैपूर्णिमामा क्वाँटी खाने प्रचलन धेरै पहिलेदेखि चलिआएको हो । क्वाँटी नौ थरी गेडागुडी मिसाएर तयार गरिन्छ, जसमा चना, मस्यांङ, मुगी, बोडी, मास, भटमास, सीमी, ठूलो केराउ, सानो केराउ पर्दछन । ३ – ४ दिन पानीमा भिजाएर त्यसमा टुसा उम्रिएपछि त्यसलाई झोलिलो बनाएर पकाएपछि क्वाँटी खाने गरिन्छ । विशेषत जनैपूर्णिमाको दिनमा खाइने क्वाँटीले वर्षायाम गरी कामगर्दा भएको चिसो ठीक हुने, चर्मरोग ठीक हुने लगायतका विश्वास पनि छन् । तर क्वाँटीका फाइदाका बारेमा आधुनिक स्वास्थ्यविज्ञानले पनि वर्णन गरेको छ । स्वास्थ्यको हिसाबले क्वाँटी धेरै फाइदाजनक र हितकारी छ । 

यस्ता छन् फाइदा...

 १. गेडागुडीहरु प्रोटिन प्रशस्त मात्रामा पाइन्छ । प्रोटिन हाम्रो शरीरमा आवश्यक पदार्थ हो जसले रोगसंग लड्ने प्रतिरोधात्मक क्षमता बढाउने लगायतका धेरै काम गरिरहेको हुन्छ ।

 २. टुसा उम्रिएको क्वाँटीमा फाइबर पाइन्छ । फाइबरले पाचन प्रणाली, मुटुरोग, मधुमेह, क्यान्सर र तौल घटाउन मद्दत पुराउँछ ।

 ३. क्वाँटीमा पाइने फाइबरले कब्जियत, पाइल्स आदि समस्याहरु हुनबाट बचाउँछ ।

 ४ .क्वाँटीलाई हाम्रो शरीरले सजिलै पचाउन सक्छ, त्यसैले अपाच्य हुने समस्या हुँदैन । 

 ५. क्वाँटीबाट भिटामिन बी, सी, इ, क्याल्सियम, फोस्फोरस लगायतका खनिज पदार्थहरु हाम्रो शरीरले यथेस्ट मात्रामा पाइन्छ ।   

 ६.  भर्खरै अपरेसन गरेका तथा अन्य ठोस खाना खान नहुने विरामीहरुलाई क्वाँटीको झोल खुवाउन सकिन्छ जसमा आवश्यक पोषक तत्वहरु ठिक मात्रामा पाइन्छ ।

 ७. झाडापखाला लागेको बेला हाम्रो शरीरबाट पानी खेर जाने हुनाले त्यसको पूर्ति गर्नको निम्ती बालबालिकालाई क्वाँटीको झोल खुवाउन सकिन्छ ।

 ८. प्रोटिनको कमीबाट बालबालिकामा हुने कुपोषणमा क्वाँटी खुवाएमा त्यसबाट चाँडो रोग निको हुन मद्दत गर्छ ।

 ९. सस्तो र घरमै तयार गर्न सकिने हुनाले यसलाई अन्य खानेकुराको तुलनामा सन्तुलित आहारको रुपमा लिन सकिन्छ ।

यस्तो बहूउपयोगी क्वाँटी जनैपूर्णिमामा मात्र नभई अरुबेलामा पनि खाने गर्नाले हाम्रो यो शरीरलाई चाहिने सन्तुलित भोजनको महत्वपूर्ण अंश बन्न सक्छ । त्यसैले आजै देखि कम्तीमा हप्तामा एकपटक तरकारीको रुपमा क्वाँटी खाने बानी बसाल्ने कि !

Last modified on 2019-08-16 08:56:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts