यी चार रोग भएकाले क्वाँटी कम खाँदा राम्रो 



Download our app to get more features

क्वाँटी विशेषगरी जनैपूर्णिमाको अवरमा खाने परिकारको रुपमा बुझिन्छ । वर्षातको कामको चटारो सकिएसँगै आउने जनैपूर्णिमामा यसलाई खाने प्रचलन पहिलैदेखिको चलन भएपनि यसमा वैज्ञानिक आधार पनि छन् । खेतीबालीको काम गरेर कमजोर भएका किसानले उमारेको क्वाँटी खाँदा काममा खर्च भएको क्यलोरी र प्रोटिन पाउँछन् । क्वाँटीमा विभिन्न किसिमका गेडागुडी मिसाइएको हुन्छ । सबै किसिमका गेडागुडी मिसाउँदा त्यो पुर्ण प्रोटिन वा लगभग मासु वा अण्डा बराबरको हुन्छ त्यसैले यसलाई राम्रो प्रोटिन बराबर मानिन्छ । 

क्वाँटीका फाइदा 

  • क्वाँटीलाई उमारेर टुसा निकाल्ने गरीन्छ त्यो टुसा एन्टीअक्सिडेन्टको रुपमा प्रयोग हुन्छ जस्ले गर्दा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न मद्दत गर्छ ।
  • उमारेको टुसामा फाइवर हुन्छ यसले नराम्रो कोलस्ट्रोल ,सुगर र मोटोपन घटाउँछ ।
  • रेसादार खानेकुरा राम्रो खानेकुरा हुने भएकाले क्वाँछीमा त्यो गुण भरिपूर्ण हन्छ ।
  • प्रोटिन बढी भएको खाना भन्ने बितिकै  यो कुपोषितका बिरामीलाई राम्रो हुन्छ ।
  • सुगर, प्रेसर, मोटोपन तथा कलेजोका बिरामीका लागी पनि यो राम्रो मानिन्छ । जुन जुन रोगमा प्रोटिनको मात्रा बढाउनु पर्ने र कार्बोहाइडेडलाई घटाउनु छ भने क्वाँटी एकदमै राम्रो खाद्यान्न हो ।
     

क्वाँटीका बेफाइदा 

  • बिरामीको सन्दर्भमा जस्लाई प्रोटिनको मात्रा घटाउनु पर्नेछ लिभरमा प्रोटिनको मात्रा कम गर्न यसलाई जथाभावी रुपमा धेरै खानुहुँदैन ।
  • मिगौलाका बिरामीले पनि क्वाँटी कम गर्नुपर्छ ।
  • बाथका रोगीले पनि गेडागुडीको मात्रा कम गर्नुपर्छ ।
  • युरिक एसिडमा पिउरीन भन्ने प्रोटिन हुन्छ जुन गेडागुडीमा मासु बराबर प्रोटिन हुने भएकाले गेडागुडी कम खानुपर्छ ।
Last modified on 2019-08-16 08:56:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts