महिलाको नै बढी टाउको किन दुख्छ ? 



Download our app to get more features

काठमाडौं, ३१ साउन । सामान्यत गर्दनदेखि माथि टाउकाको कुनै पनि भागमा महसुस गरिने दुखाईलाई टाउको दुखेको भनिन्छ ।

टाउको दुखाई अत्यन्त पीडादायी, मन्द वा टन्किने किसिमको हुनसक्छ र यो टाउकाको एकापट्टि वा दुवैपट्टि तथा अगाडि वा पछाडिको भागमा हुन सक्छ ।

टाउको दुख्नु आफैंमा रोग होइन, शारीरिक समस्या वा रोगको कारण हुन्छ । मेडिकल भाषामा भन्ने हो भने प्राथमिक कारण र अन्य कारणले टाउको दुख्छ ।

पुरुषको तुलनामा महिलामा टाउको दुख्ने समस्या बढी हुने गरेको छ । बच्चा जन्माउनेलगायत महिलाले पाउने दोहोरो जिम्मेवारीका कारण या हर्मोनका कारण पनि उनीहरुको बढी टाउको दुख्ने हुन सक्छ । यति मात्रै नभएर टाउको दुख्ने अरु कारण पनि छन् । 

यस्ता छन् अन्य कारण:
१. चिन्ताः अक्सर टाउकोको कुन भाग दुखिरहेको छ, त्यहीअनुसार तपाईंको मनिस्थिति के छ भन्ने पत्ता लगाउन सकिन्छ । यदि टाउकोको दुवै भागतिर दुखिरहेको छ भने बुझनुहोस्, यो चिन्ता(टेन्सन)का कारणले हो ।

२. माइग्रेनः  माइग्रेन एक प्रकारको टाउको दुख्ने रोग हो, जसलाइ परापूर्वकालमा आधा कपाल दुखाइ पनि भन्ने गरिन्थ्यो ।

चिकित्सकको भाषामा माइग्रेनलाई भास्कुलर हेड्याक भन्ने गरिन्छ । यदि बीच भागमा टाउको दुख्छ भने त्यसलाई सामान्य मान्नु हुँदैन । यो माइग्रेनसमेत हुन सक्छ । यो खतरनाक समस्या भएकाले तुरुन्त डाक्टरकहाँ जानुपर्छ ।

३. पाचनमा समस्याः कहिलेकाहीँ टाउको दुख्ने कारण पेटसँग जोडिएको हुन्छ । पाचन प्रणाली सही नहुँदा टाउको दुख्ने हुन्छ ।

यदि टाउकोको एक भाग लामो समय दुख्यो भने झाडापखालाको लक्षण पनि हुन सक्छ ।

४. बोझः यदि तपाईंले कुनै कुराको बोझ महसुस गरिहनुभएको छ र यो लामो समय कायम रहेमा टाउको दुख्ने हुन्छ ।

५. एलर्जीः कुनै एक खास ध्वनि कानमा गुञ्जिरह्यो भने टाउको दुख्न सक्छ । घन्टौँसम्म फोनमा कुरा गर्दा पनि यो समस्या आउन सक्छ ।

६. हर्मोनः टाउको दुखाइको एउटा कारण हर्मोन पनि हो । हर्मोनका कारण हृदयको गति धेरै तेज हुन्छ । अनि, पसिना आउँछ । यी तमाम बदलावका कारण टाउको दुख्ने हुन्छ ।

Last modified on 2019-08-17 07:26:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts