भाइरल ज्वरोः ध्यान दिनुहोस् यी कुरामा 



Download our app to get more features

काठमाडौं, ३२ साउन । भाइरल ज्वरो सरुवा रोग हो । रोगीले खोक्दा, हाँच्छ्यु गर्दा, हाई काढ्दा उसको शरीरमा भएका व्याक्टेरिया सजिलै अर्को व्यक्तिमा सर्ने गर्छ ।

रोगीको नजिक बस्दा स्वस्थ मानिसको नाक, मुखबाट यस्ता भाइरस सर्ने गर्छ । दूषित पानी, जथाभावी सडेगलेका खाने कुरालगायतका कारण रुघा खोकि, ज्वरो आउने गर्छ । 

भाइरल ज्वरोका लक्षण
एक्कासी ज्वरो बढ्नु ।
छिनमा चिसो छिनमा तातो महसुस हुनु ।
हल्का खोकी लाग्नु ।
वाकवाकी लाग्नु, कम्जोर महसुस हुनु ।
आँखा रातो हुनु । 
शरीर दुख्नु, जोर्नी दुख्नु ।
अनुहार सुन्निनु र छाला रातो भई फोका आउनु ।

ध्यान दिनुपर्ने कुरा

जथाभावी एन्टिबायोटिक प्रयोग गर्नु हुँदैन ।
ज्वरोलाई कहिल्यै पनि हेलचेक्राईं गर्नु हुँदैन । 
औषधिको डोज पूरा गर्नुपर्छ । बीचमै औषधि खान छोडिदिनु भयो भने एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरिया उत्पन्न हुन सक्छ । 
तुरुन्तै अस्पताल जान नसकेमा  घरमा नै सामान्य उपचार गर्नु पर्छ  । 

यस्ता छन् बच्ने उपाय

व्यक्तिगत सरसफाईको बारेमा विशेष ध्यान दिनुपर्छ ।
साबुन पानीले नियमित रुपमा दैनिक तीन चार पटक हात धुनुपर्छ ।
भीडभाडमा जानु हुँदैन । 


 

Last modified on 2019-08-19 08:20:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts