एम्स अस्पतालमा लागेको आगो ६ घन्टापछि नियन्त्रणमा



Download our app to get more features

नयाँ दिल्ली, १ भदौ । भारतको सबैभन्दा ठूलो एम्स अस्पतालमा लागेको आगो झन्डै ६ घन्टापछि नियन्त्रणमा लिइएको छ ।

अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्समा शनिबार साँझ लागेको आगो ६ घन्टापछि नियन्त्रणमा लिइएको हो । 

आगो नियन्त्रणका लागि ६० भन्दा बढी दमकलको प्रयोग गरिएको अस्पताल स्रोतले जनाएको छ ।

अस्पतालको टिचिंग ब्ल्कमा आगलागी भएको थियो । जहाँ डाक्टरहरु बस्ने र टेस्टिंग ल्याब छ । आगलागीमा कसैको पनि हताहत नभएको अस्पतालले जनाएको छ । दोस्रो तल्लामा लागेको आगो पाँचौ तल्लामा पुगेको थियो । साँझ ५ बजे लागेको आगो राति ११ बजेतिर मात्रै नियन्त्रणमा आएको थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts