जानिराखौं छारे रोगबाट बच्ने उपाय...



Download our app to get more features

तपाईंको घरका कुनै सदस्यमा अचानक बेहोस हुने, एकोहोरो टोलाउने, शरीर कम्पन आउने असामान्य व्यवहार देखाउने लक्षण देखा परेको छ भने छारे रोगको लक्षण हुन सक्छ । चिकित्सकहरुका अनुसार स्नायुसम्बन्धि एक प्रकारको बेहोस हुने रोगलाई छारे रोग भनिन्छ । 

तर सबै बेहोस हुने रोग छारे रोग होइनन् । मस्तिष्कमा भएका न्युरो ट्रान्सिमिटर असन्तुलित भएमा छारे रोग देखिन्छ । छारे रोग इपिलेप्सि पनि भनिन्छ । गाउँघमा हात काम्यो, आँखा फर्कियो, मुख बाँगियो भने मात्र छारे रोग भएको भन्ने चलन छ । तर यति मात्र छारे रोगको लक्षण नहुने चिकित्सकहरुको भनाइ छ । कतिपय अवस्थामा मानिस हिँड्दा हिँड्दै केही समयका लागि अचेत हुने र केही समयमा पन सामान्य अवस्थमा फर्किनु पनि छारे रोगकाे लक्षण हो । 

सबै बेहोस हुने रोग छारे रोग मात्रै नभएको पनि हुनसक्छ । छारे रोग लागेका बिरामीमा देखा पर्ने लक्षण देखा पर्छन् । शरीर काप्ने, टोलाउने असामान्य व्यवहार देखाउने जस्ता लक्षण देखिएमा शिजर र बेहोस हुने, मुखबाट फिँज काट्ने लक्षण देखा परे एपिलेप्सिमा भनिन्छ । एपिलेप्सिको अवस्थालाई नै छारे रोग भनिने नसा तथा स्नायु रोग विशेषज्ञ डा.राजु पौडेल बताउँछन् । 

Last modified on 2019-08-20 06:54:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts